किन मुटु दुख्यो भनि, दुखेको त्यो चोट हेर्दा

किन मुटु दुख्यो भनि, दुखेको त्यो चोट हेर्दा

काठमाडौं/पहिचान –
बसन्तमा फुलेका ति, फूलहरुमा तिमि थियौ
बेहोसी का बैसालु ति, भुलहरुमा तिमि थियौ ।

मन भरि रहर बोकी, भौतारिदै यात्रा गर्दा
मैले तर्ने जिन्दगीका, पुलहरुमा तिमि थियौ ।

सम्झना मा तैरिएर, एक्लो हुँदा मैले हेर्ने
आकाशका तारा अनि, जूनहरुमा तिमि थियौ ।

किन मुटु दुख्यो भनि, दुखेको त्यो चोट हेर्दा
रोपिएका काँडा अनि, शूलहरुमा तिमि थियौ ।।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading