नाम-वदनाम

नाम-वदनाम

874
SHARES
बंगैचाको फूल अोइलायो, लतारेर हिडिसके धेरैले।
चम्किलो छ बजारको फूल, शिरमा सजाएर हिडिसके धेरैले।।
यो बदनाम ‘नाम’लाई छाडिदेऊ, नयां नाम बोकेर हिडिसके धेरैले।।।
नझार आंशु, क्षितिजको प्रकाशसंगै विलाएर जानेका-लागि।
नफाल समय खेर, समयको लहरमा हाराएर जानेका-लागि।।
नधमिल्याऊ ‘पहिचान’ आफ्नो, संसारमा वदनाम भएर जानेका-लागि।।।
………………………………………………………
हिजो सम्म इज्जतको ‘नाम’, आज गुनाशो भएछ,
चिया-गफको टिका-टिप्पणि, र बेवारिशे नाशो भएछ।
दियो मेरो मलिनो भएछ, मन तिम्रो अमिलो भएछ,
नयां रिश्ता जोडिएछ क्यारे, पुरानो संबन्ध धमिलो भएछ।
‘नाम’ थियो तिम्रै उपहार, वदनामी पनि तिम्रै पुरस्कार,
नत्र यो अजिवसंग, के हुनु सामर्थ्य, न थियो कुनै अधिाकर?
अंध्यारोमै रहन देऊ मलाई, तिमी जलाऊ उज्यालो मशाल
काफि छ एक मुठि स्वास, अंगालोमा शुन्य-गगन विशाल ।

समाचार शेयर गर्नुहोस्
874
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.