“जन्मकै आधारमा विभेद गरिनु हुँदैन”

“जन्मकै आधारमा विभेद गरिनु हुँदैन”

काठमाडौं (पहिचान) चैत ८ – चलचित्र निर्देशक प्रदीप भट्टराईले पछिल्लो समय यौनिक तथा लैंगिक अल्पसंख्यकलाई सकारात्मक रुपमा प्रस्तुत गर्न थालेको बताएका छन् । रेडियो कार्यक्रम पहिचानसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

“सुरुवातका दिनमा नेपाली चलचित्रले तेस्रोलिंगीलाई हाँसोको पात्रका रुपमा प्रस्तुत गर्ने गरेको सबैलाई थाहा छ,” निर्देशक भट्टराई भन्छन्, “तर अहिले त्यस्तो छैन । चलचित्रले पनि सकारात्मक रुपमा प्रस्तुत गर्न थालेको देखिएको छ । चलचित्रमा देखिएको यो परिवर्तन समलिंगी तेस्रोलिंगी र समाजका लागि पनि राम्रो पक्ष हो ।”

केही महिना अगाडि अर्पण थापाले निर्देशन गरेको चलचित्र आधा लभले उठाएको विषयबस्तु स्मरण गर्दै निर्देशक भट्टराई भन्छन्, “आधा लभमा समलिंगी विवाहको प्रसंग उठाएको छ । त्यो चलचित्र हेर्दा त्यो विषयले मलाई निकै धेरै छोएको थियो ।”

उनले तेस्रोलिंगी तथा समलिंगीका विषयमा चलचित्र बनाउन सकिने तर यसका लागि बिस्तृत अध्ययन तथा अनुसन्धान आवश्यक रहेको बताए ।
नेपालमा विषयबस्तुको गहिराईमा पुगेर रिसर्च नगरी चलचित्र बनाउने गरेका कारण राम्रो चलचित्र नबन्ने गरेको यर्थाथ पस्किँदै उनले भने, “यो विषयमा त झनै धैरै कुरा धेरैलाई थाहा छैन त्यसैले पनि धेरै रिजर्चको आवश्यकता पर्छ ।”

समलिंगी तेस्रोलिंगीका विषयमा त्यती धेरै चलचित्र बनिनसकेको भन्दै उनले यो विषय नयाँ समेत भएको बताए । उनले सबै मानव समान रहेको भन्दै अधिकारका हिसावले सबै नागरिक समान रहेको प्रष्ट्याए ।

“जन्मकै आधारमा विभेद गरिनु हुँदैन । कसैले अधिकार पाउने र कसैले नपाउने हुँदैन,” निर्देशक भट्टराई भन्छन्, “समाजको सबै पक्षले बुझिनसकेका कारण समलिंगी तेस्रोलिंगीलाई अझै पनि विभेद भैरहेको छ । समाजले बुझेपछि यो अवस्थाको अन्त्य हुन्छ ।”

चलचित्रका लेखक, निर्देशकमा पनि समाजमा भैरहेको कुरालाई नै उठान गर्ने भएकाले उनीहरुमा पनि समलिंगी तेस्रोलिंगीका विषयमा कम जानकारी भएकै कारण नकारात्मक रुपमा चित्रण गरिएको हुनसक्ने उनको भनाइ छ ।

आफूले आफ्नो चलचित्रमा अहिलेसम्म कसैलाई पनि असर पुग्नेगरी चरित्रचित्रण नगरेको भन्दै उनले भने, “आगामी दिनमा पनि त्यस्तो कार्य कहिल्यै पनि हुने छैन ।”

लामिछानेले निर्देशन गरेको चलचित्र शत्रुगते यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading