माया लाउनु अघी देखिन कानुन…

माया लाउनु अघी देखिन कानुन…

6.6k
SHARES

काठमाडौं/पहिचान – कानुनी आभावले तडपिनु परिरहेको समलिंगी तेस्रोलिंगी आत्माहरुको आत्मा अनुभुतीका केही तरङ्गित शब्द हरु :

 

हिजो आज मौसमको चुनौती नै बेग्लै
तिम्रो सम्झनामा हराउनुको मज्जा अलग्गै
खै किन एता उता बरालिनछ मन 
ऐना हेर्नुको आनन्द नै बेग्लै

बैसालु रहर किन जागेर आउँछ
सिरानी पनी किन प्यारो लाग्छ
खै किन किन अतालिनछ यो मन
कसैलाई देख्दा झस्किन्छ यो तन

न सुत्न सक्छु यो कालो रातमा
न उठ्न सक्छु यो पहेलो दिनमा
किन हर रात उस्कै यादले सताउँछ
दिनमा पनी उस्कै तिर्सना ले जगाउँछ

मस्तिष्क भरी उनकै यादमा
मन भरी उनकै चोखो मायामा
बस्छु भनी कसम धेरै चोटी खाएँ
बाटो सँगै मैले सम्बन्ध पनी बिराएँ

मेरो माया मन भित्रै तुहिएर गए
मेरा हजारौं रहर मरेरै गए
माया लाउनु अघी देखिन कानुन
लाउनु भन्दा अघी सबैले जानुन

क्रमस
पिंकी गुरुङ नील हिरा समाजकी अध्यक्ष एवं नयाँ शक्ति पार्टी नेपालको केन्द्रीय सचिवालय सदस्य हुन् ।

समाचार शेयर गर्नुहोस्
6.6k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.