राज्यका नजरमा सबै नागरिक समान हुनुपर्छ : खलपात्र

राज्यका नजरमा सबै नागरिक समान हुनुपर्छ : खलपात्र

काठमाडौं (पहिचान) चैत १७ – कवि मुकुन्द खलपात्रले सीमान्तकृत समुदायको मुद्दालाई साहित्यकारहरुले उठाउन सक्ने बताएका छन् । साहित्य समाजको प्रतिविम्ब भएको भन्दै उनले समाजमा पछि परेको समुदायको मुद्दामा कलम चलाउनु साहित्यकारहरुको दायित्व भएको वताए ।

यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारको विषय पनि साहित्यकारहरुले उठान गर्नुपर्ने उनको भनाइ छ । “साहित्य समाजको प्रतिविम्ब हो भने हामी साहित्यकारहरुले पनि समाजले पछि पारेको समुदायका बारेमा कलम चलाउनुपर्छ,” खलपात्र भन्छन्, “तर यसरी कलम चलाउँदा आफूले लेख्दै गरेको विषयमा भने पूर्ण जानकारी हुनुपर्छ । यदी पूर्ण जानकारी विना लेखिन्छ भने त्यो समाज र स्वयम् समुदायका लागि झन खतरनाक हुन्छ ।”

नेपाली साहित्यमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार उल्लेख्य रुपमा उल्लेख नहुनुको कारण उनीहरुबारे कम बुझाई नै मुख्य रहेको उनी बताउँछन् । “यो समुदायका बारेमा मैले पनि कलम चलाउन खोजेको हो । यसका लागि मैले पनि उहाँहरुबारे बुझ्न खोजेको हो । तर मैले कविता लेख्नका लागि जति उहाँहरुबारे बुझ्नुपर्ने त्यो सकिन त्यसैले मैले यौनिक तथा लैंगिक अल्पसंख्यकका विषयमा कलम चलाउन सकिन । कुनै दिन मैले उहाँहरुलाई राम्रोसँग बुझेँ भने लेख्ने छु,” कवि खलपात्र भन्छन् ।

सबै नागरिक समान रहेको भन्दै उनले फरक पहिचानकै कारण लुकेर बस्नुपर्ने कारण नरहेको वताए । राज्यका नजरमा सबै नागरिक समान रहेको भन्दै उनले पहिला आँफै खुलेर आउनुपर्ने धारणा राखे ।

समाजले स्पष्ट रुपमा नबुझेसम्म उनीहरुका अधिकार सुनिश्चित नहुने उनको बुझाइ छ । आफ्नो लागि आँफैले अधिकारका लागि लड्नुपर्ने खलपात्रको सुझाव दिन्छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading