यौनिक तथा लैंगिक अल्पसंख्यक राष्ट्रिय फुटसल प्रतियोगिता हुने

यौनिक तथा लैंगिक अल्पसंख्यक राष्ट्रिय फुटसल प्रतियोगिता हुने

काठमाडौं (पहिचान) चैत्र २१ – राष्ट्रिय खेलकूद परिषद्ले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि राष्ट्रिय फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । परिषद्को आयोजना र नील हिरा समाजको संयोजनमा बैशाख ६ र ७ गते काठमाडौंमा फुटसल प्रतियोगिता हुने भएको हो ।

संविधानमा लेखिएको समावेशीको नीतिलाई प्रष्ट्याउन फुटसल प्रतियोगिताले सहयोग गर्ने समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले वताइन । यो प्रतियोगिताले समुदायको भिजिविलिटि बढ्ने र प्रष्फुटित हुने मौका मिल्ने ढकालले वताइन । खेलकूदमा हुने विभेद अन्त्य गर्दै नेपाली जनमानसमा सबै नागरिक एक हौ भन्ने सन्देश दिन यो फुटसल प्रतियोगिताले मद्धत गर्ने कार्यकारी निर्देशक ढकालको भनाई छ ।

नील हिरा समाजले प्रतियोगिताको तयारी समेत सुरु गरेको छ । समाजले काठमाडौंका दुई टोली र काठमाडौं बाहिरका ५ टोलीमा ६३ जना यौनिक अल्पसंख्यक समुदायका व्यक्तिको सहभागिता रहने जनाएको छ । फुटसलमा सहभागी हुनेको संख्या निश्चित भएको र नाम छनौटका लागि विभिन्न समितिलाई जिम्मा दिएको समाजले जनाएको छ ।

राष्ट्रिय खेलकूद परिषद्ले नेपाल भर रहेका यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि राष्ट्रिय फुटसल प्रतियोगिता हुने जनाएको छ । फुटसल प्रतियोगिताको मोडालिटि तयार भइरहेको र आउदो शुक्रबार पत्रकार सम्मेलन गरेर थप जानकारी दिइने परिषद्का प्रतियोगिता विभाग प्रमूख मिन कुमार शर्माले वताए ।

परिषद्ले यो प्रतियोगिताका लागि १० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । पहिलो, दोस्रो र तेस्रो हुने टिमलाई नगद पुरस्कार दिइने परिषद्ले जनाएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.