तेस्रोलिंगी अधिकारकर्मी आनिकले ‘नइ रामलक्ष्मी’ पुरस्कार पाउने

तेस्रोलिंगी अधिकारकर्मी आनिकले ‘नइ रामलक्ष्मी’ पुरस्कार पाउने

काठमाडौं (पहिचान) चैत्र २३ – तेस्रोलिंगी अधिकारकर्मी आनिकले नइ रामलक्ष्मी पुरस्कार पाउने भएकी छन् । नइ प्रकाशनले प्रदान गर्ने यस बर्षको नइ रामलक्ष्मी पुरस्कार तेस्रोलिंगी अधिकारकर्मी रानाले पाउने भएकी हुन् ।

यौनिक तथा लैंगिक अल्पसख्यक व्यक्तिहरूको हित, मर्यादा र सङ्गठनमा क्रियाशील रही देशदेशान्तरमा समेत उल्लेखनीय योगदानका निम्ति तेस्रोलिंगी आनिक राना मगरलाई ‘नइ रामलक्ष्मी पुरस्कार’ समर्पण गर्ने निर्णय भएको सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए । रानाले पुरस्कारको राशी पसाच हजार रुपैयाँ रहेको छ ।

यस्तै नइ प्रकाशनले नेपाली भाषाको श्रीवृद्धिका निम्ति जागरूक हुँदै आधुनिक गीतिरचनाका माध्यमबाट जनमन छुन सफल विश्ववल्लभलाई ‘नइ कोेइलीदेवी पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । साथै सरोद बाजाको प्रवर्धन, सम्वर्धन र संरक्षण हेतु सदैव क्रियाशील प्रथम नारी सरोद वादक रुपा सरोद न्यौपानेलाई ‘नइ खरा गौरव पुरस्कार’ प्रदान गर्ने प्रकाशनले निर्णय गरेको छ । यी पुरस्कारका राशि जनही पचास हजार रुपैयाँ रहेका छन् ।

यसै गरी सानै उमेरदेखि सञ्चारमाध्यमहरूमा आफ्नो बौद्धिक क्षमता, सीप र कौशल प्रस्तुत गर्नका अतिरिक्त गायन र पठनपाठनमा समेत प्रखर डा.परिधी शर्मालाई पच्चीस हजार रुपैयाँ राशिको ‘नइ खरा पौरख पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको नइ प्रकाशनले जनाएको छ ।

पुरस्कार शताब्दी पुरुष डा.सत्यमोहन जोशीद्वारा उहाँको ९९ औं शुभजन्मोत्सवका अवसरमा आगामी वैशाख ३० गते काठमाडौंमा प्रदान गरिनेछ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading