यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको राष्ट्रिय फुटसलको तालिका सार्वजनिक

यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको राष्ट्रिय फुटसलको तालिका सार्वजनिक

काठमाडौं (पहिचान) बैशाख ४ – राष्ट्रिय खेलकुद परिषद्ले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको राष्ट्रिय फुटसल प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । परिषद्को आयोजना, नील हिरा समाजको समन्वय र नेपाल फुटसल संघको व्यवस्थापनमा हुने प्रतियागिताको समूह क मा ४ वटा र समूह ख मा ३ वटा टोली रहनेछन् ।

बैशाख ७ र ८ गते हुने प्रतियोगिताको उद्घाटन खेलमा सुदुरपश्चिमाञ्चल र काठमाडौं भिड्नेछन् । उद्घाटन खेल विहान ११ बजे सुरु हुनेछ । यस्तै पहिलो दिन नै काठमाडौं ए र पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल र पश्चिमाञ्चल, काठमाडौं वि र मध्यमाञ्चल, काठमाडौं ए र मध्यपश्चिमाञ्चल तथा पश्चिमाञ्चल र पूर्वाञ्चल भिड्नेछन् ।

प्रतियोगिताको दोस्रो दिन मध्यमाञ्चल र सुदुरपश्चिमाञ्चल, काठमाडौं ए र पश्चिमाञ्चल तथा पूर्वाञ्चल र मध्यपश्चिमाञ्चल भिड्नेछन् । दोस्रो दिन नै सेमिफाइनल र फाइनल खेल हुनेछ । समूह क विजेता र समूह ख को उपविजेता तथा समूह ख को विजेता र समूह क को उपविजेता फाइनल प्रवेशका लागि भिड्नेछन् ।

फाइनलमा सेमी फाइनलको १ को विजेता र सेमिफाइनल २ को विजेताबीच उपाधीका लागि भिडन्त हुनेछ । प्रतियोगिता लिगकम नकआउटका आधारमा खेलाइने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । काठमाडौं बाहिरका यौनिक तथा लैंगिक अल्पसंख्यक खेलाडी क्षेत्रिय संयोजकको नेतृत्वमा भोलीसम्म काठमाडौं आइपुग्ने खेलाडी छनौट समितिका संयोजक मध्येका एक एवं पहिलो मिष्टर गे हेन्डसमका उपाधी विजेता विश्वराज अधिकारीले जानकारी दिए ।

भोली काठमाडौं आइपुग्ने खेलाडीलाई पर्सी बैशाख ६ गते धनवनतरी फुटसल मैदानमा बन्द प्रशिक्षण हुने अधिकारीले वताए । प्रतियोगितामा पहिलो हुने टोलीले ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुने टोलीले २० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.