यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको राष्ट्रिय फुटसल प्रतियोगिता सुरु (तस्बिर र भिडियो सहित )

यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको राष्ट्रिय फुटसल प्रतियोगिता सुरु (तस्बिर र भिडियो सहित )

bty

काठमाडौं (पहिचान) बैशाख ७ – यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको राष्ट्रिय फुटसल सुरु भएको छ । काठमाडौंको धनवनतरी फुटसल मैदानमा सुरु फुटसलको उद्घाटन खेलमा सुदुरपश्चिम विजयी भएको छ । काठमाडौं बि लाई शुन्यका विरुद्ध १ गोलले हराउँदै सुदुरपश्चिमले विजयी सुरुवात गरेको हो ।

अर्को खेलमा पूर्वाञ्चललाई १ का विरुद्ध २ गोलले हराउदै काठमाडौं ए विजयी भएको छ । यस्तै मध्यपश्चिमाञ्चललाई १ का विरुद्ध २ गोलले हराउँदै पश्चिमाञ्चल विजयी भयो । लिगकम नकआउटका आधारमा विश्व फुटसल एसोसिएसनको नियम अनुसार खेलाइएको अर्को खेलमा मध्यमाञ्चललाई शुन्यका विरुद्ध १ गोलले हराउँदै काठमाडौं बि विजयी भयो ।

अर्को खेलमा मध्यपश्चिमाञ्चललाई शुन्यका विरुद्ध ६ गोलले हराउँदै काठमाडौं ए विजयी भयो भने पश्चिमाञ्चल र पूर्वाञ्चलबीचको खेल बराबरीमा सकियो । आजको खेलबाट काठमाडौं ए ले चार अंक जोडेको छ भने पश्चिमाञ्चलको ३ अंक भएको छ । काठमाडौं बि र सुदुरपश्चिमले समान दुई अंक जोडेका छन् । मध्यपश्चिमाञ्चल र मध्यमाञ्चलले आजको खेलमा अंक जोड्न सकेनन् ।

भोली सुदुरपश्चिम र मध्यमाञ्चल, काठमाडौं ए र पश्चिमाञ्चल तथा पूर्वाञ्चल र मध्यपश्चिमाञ्चलबीच खेल हुनेछ । यि खेलको नतिजा पछि मात्रै सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लाग्ने राष्ट्रिय खेलकुद परिषद अन्तर्गतको राष्ट्रिय फुटसल संघका अफिसियल सुबाष घलानले जानकारी दिए ।

नेपालमा पहिलो पटक सरकारी स्तरबाट भएको यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको राष्ट्रिय फुटसल प्रतियोगितामा फुटसल संघबाट घलान सहित साजन महर्जन, दीपेन्द्र रसाइली, विकि सिलाकार र रितेश पौडेल थिए ।

प्रतियोगिताको उद्घाटन खेलमा नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले खेलाडीलाई बल हस्ताण्तरण गरेकी थिइन भने प्रतियोगिताको उद्घाटन खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्माले गरेका थिए ।

प्रतियोगितामा भोलीनै सेमिफाइनल र फाइनल खेल हुनेछ । प्रतियोगितामा पहिलो हुने टोलीले ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुने टोलीले २० हजार रुपैयाँ नगद पुरस्कार शिल्ड, प्रमाणपत्र पाउनेछ ।

राष्ट्रिय फुटसलका केही झलक :

bty
bty
bty
bty
bdr
bty
bty
bty
bty
bty
bty
bty
bty
bdr
bdr
bdr
bdr
bdr
bdr
bdr
bdr
bdr
bdr
bdr
bty
bdr
bdr
bdr
bdr
bty
bty
bty
bdr
bty
bty
bty
bty
bdr
bdr
bdr
bty
bty
bdr
bdr
bdr
bty
bty
bty
bty
bdr
bdr
bty
bty
bdr
bty
bty
bty
bty
bty
bty
bty
bty
bdr

 

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.