ढाल : म त केवल रबरको खोल मात्र हुँ, आज म केही…

ढाल : म त केवल रबरको खोल मात्र हुँ, आज म केही…

पहिचान –

कोही काले छन् भने कोही छन् यहाँ गोरा
विश्वास गरे बाउ बाजेको सम्हाली दिन्छु म छोरा

सबले गर्छन तै पनि बेला बेलामा हेला
तब मात्र याद गर्छन, जब पर्छन सत्रु यौन रोग र एचआइभीको फेला
म त केवल सजिलो रबरको खोल मात्र हुँ

सजिलोको लागि सबले मलाई पर्स तिर हाले
हालेको केही दिनमै मेरो पाकेटको हावा फुट्न थाले

हो म त रबरको खोल, चिल्लो पना भएको
कहिलो काही सुख्खा हुन्छु त्यसैले म फुट्न थालेको

म त केवल सजिलो रबरको खोल मात्र हुँ
सही प्रयोग नगर्नाले पनि म फुट्न थाल्छु

साले कण्डम कति नराम्रो भनि अरुको गाली खान्छु
यस्तो पनि हुँदो रैछ भनि आफै दिक्क हुन्छु

तर पनि मलाई बेलैमा युज गरे सबैलाई मद्धत दिन्छु
म त केवल सजिलो रबरको खोल मात्रै हु ।

उमेश पाण्डे यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको मातृ संस्था नील हिरा समाजका उपाध्यक्ष एवं मेकअप आर्टिस हुन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading