तेस्रोलिंगी अधिकारकर्मी राना सहित २२ जनालाई नइ पुरस्कार प्रदान

तेस्रोलिंगी अधिकारकर्मी राना सहित २२ जनालाई नइ पुरस्कार प्रदान

bty

काठमाडौं (पहिचान) बैशाख ३० – वाङमय शताब्दी पुरुष डाक्टर सत्यमोहन जोशीले तेस्रोलिंगी अधिकारकर्मी आनिक राना सहित २२ जनालाई नइ पुरस्कार प्रदान गरेका छन् । अन्तराष्ट्रिय देखि चिचिलासम्मका नाम दिइएको पुरस्कारबाट रुपन्देहीकी रानालाई नइ रामलक्ष्मी पुरस्कार प्रदान गरिएको हो । जोशीको ९९ औ जन्मोत्सवका अवसरमा नइ प्रकाशनले हरेक बर्ष बार्षिक कार्यक्रम संचालन गर्दै आएको छ ।

रानालाई यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार र एचआइभी एड्सका क्षेत्रमा पुर्याएको योगदानको कदर गरेर पुरस्कार प्रदान गरेको प्रकाशनले जनाएको छ । पुरस्कार वितरणमा प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले महिला र पुरुष भन्दा फरक पहिचान भएका व्यक्तिलाई ५ बर्षदेखि नै सम्मान गर्ने थालनी गरेको वताए । उनले कम्वर भन्दा माथि महिला र कम्बर भन्दा मुनी पुरुष भएका व्यक्तिलाई तेस्रोलिंगी भनिने सामान्य जानकारी प्रस्तुत समेत गरे ।

उनले पुरस्कार वितरण कार्यक्रममा उपस्थित तेस्रोलिंगीलाई उभिन अनुरोध गर्दा नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ, तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठ, यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ नेपालकी राष्ट्रिय कार्यक्रम संयोजक सिमरन शेरचन, अधिकारकर्मी पुष्पा लामा लगायतले आ आफ्ना ठाउँबाट पहिचान प्रस्तुत गरेका थिए । सदस्य सचिव प्रसाईले विश्वमा तेस्रोलिंगीलाई पुरस्कार वितरण गर्ने नेपाल मात्रै भएको दावी समेत गरे ।

नइ प्रकाशनले नेपाली संस्कृती, इतिहास र भाषासाहित्यको श्रीवृद्धिका लागि साढे तीन दशकदेखि समर्पित रहदै अन्तराष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदानका निम्ती भन्दै जर्मन नागरिक डाक्टर थ्रोईलाई तीन लाख रुपैयाँको अन्तराष्ट्रिय पुरस्कार प्रदान गरेको छ ।

तेस्रोलिंगी अधिकारकर्मी रानाले पाएको नइ रामलक्ष्मी पुरस्कार राशी भने ५० हजार रुपैयाँ रहेको छ । प्रकाशनले ५ बर्षिया बालिका स्निग्धा देवकोटालाई ताम्रपत्रका साथ ५ हजार रुपैयाँ राशी सहित नइ देरुनीखपु चिचिला पुरस्कार पनि प्रदान गरेको छ ।

पुरस्कार वितरण पनि वाङमय शताव्दी पुरुष डाक्टर सत्यमोहन जोशीले नेपाली भाषा, साहित्यमा नइ प्रकाशनले खेलेको भूमिकाको प्रशंसा गरे ।

हेर्नुहोस तस्विर र भिडियो

bty
bty
bty
bty
bty
bmd
bmd
bmd

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading