एन्जल लामालाई मिस पिंकको उपाधी

एन्जल लामालाई मिस पिंकको उपाधी

bty

काठमाडौं (पहिचान) जेठ ३ – दुई बर्ष अघि मात्रै तेस्रोलिंगी महिलाको परिचय दिदै आफ्नो यौनिकताबारे खुलेर भन्न थालेकी एन्जल लामाले मिस पिंक २०१८ को ताज पहिरिएकी छन् । १८ जना प्रतिष्पर्धीबाट टप टेन हुँदै टप फाइभमा परेकी लामाले यो बर्षको मिस पिंकको ताज पहिरिएकी हुन् । उनलाई नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ र सन् २०१६ कि मिस पिंक एनी लामाले ताज सहित नगद ५० हजार रुपैयाँ प्रदान गरे ।

उनले मिस पिंकको ताज पहिरिन पाउँदा खुशीको सीमा नै नरहेको वताइन । लामाले यो स्टेज पाएकोमा नील हिरा समाजलाई धन्यवाद दिइन । “काभ्रे मंगलटारकी लामाले आमासँगै खुशी साट्दै भनिन्, आज म यहाँसम्म आउनु मेरी आमाको मायाले हो । यसको सबै जिम्मा आमालाई दिन चाहन्छु ।”

कैलालीकी अनिषा धमलाले फष्ट रनर अप भइन । उनले ४० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन । उनलाई सन् २०१६ कि फष्ट रनर अप आकाक्षा तिम्सिनाले फष्ट रनर अपको ताज पहिराइदिइन । यस्तै रुपन्देहीको बुटवलकी अवान्तिका घर्ती मगर सेकेण्ड रनर अप भइन । उनले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन । उनलाई सन् २०१६ कि सेकेण्ड रनर अप पल्लबी शर्माले ताज लगाइदिइन ।

यस्तै सहायक उपाधी तर्फ बेष्ट वाकमा मनिषा लामा, बेष्ट ट्यालेन्टमा सपना राना, कन्जिनियालिटीमा रुविना तामाङ, बेष्ट ड्रेसमा काजल बुढाथोकी र बेष्ट फोटोजेनिकमा साहिरा लामाले जनही १० हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यक घृणा विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा नील हिरा समाजले तेस्रोलिंगी महिलाको क्षमता प्रर्दशन कार्यक्रम आयोजना गरेको हो । सहकार्यका लागि एक्यबद्धता भन्ने नारा सहित गोल्बल फन्ड र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा समाजले सेभ द चिल्ड्रेन ग्लोवल फण्डको सहयोगमा यो कार्यक्रम गरेको हो ।

संचारिका समुहकी अध्यक्ष निर्मला शर्मा मुख्य निर्णायक रहेको कार्यक्रममा मोडल एवं मिस पूर्वाञ्चल प्रिया रानी लामा, व्युटिसियन स्नेहा राना, मिष्टर नेपालका फष्ट रनर अप धु्रव बुढाथोकी र नायिका हर्षिक श्रेष्ठ निर्णायक मण्डलमा थिए ।

कार्यक्रममा दातृ निकायका प्रतिनिधिहरुले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुका लागि नेपाल अरु देश भन्दा उदार रहेको वताए । उनीहरुले नेपालको संविधानमा यो समूदायको अधिकार लेखिनु महत्वपूर्ण भन्दै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रकाश वस्तीले संविधान र कानुनले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई नचिन्ने कुरै नआउने वताए । उनले राष्ट्रिय मानवअधिकार आयोग समुदायको अधिकार रक्षाका लागि साथ साथै रहेको वताए ।

नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले संविधानमा लेखिएको अधिकार अझै पनि कार्यान्वयन हुन नसकेको वताइन । “राज्यका हरेक निकायमा तेस्रोलिंगी समुदाय खुलेर आउन सकिरहेका छैनन् उनले भनिन, शिक्षा, स्वास्थ र रोजगारिमा अझै हाम्रो पहुच पुगेको छैन । आफुसंग प्रसस्त प्रतिभा र क्षमता हुदाहुदै पनि क्षमता र प्रतिभा देखाउने अवसरबाट बन्चित हुन परेको छ ।” अध्यक्ष गुरुङले राज्यले पहिचानलाई परिचय दिए पनि प्रतिभाको सम्मान र सदुपयोग अझै गर्न नसकेको वताइन ।

पूर्व मिस नेपाल माल्भिका शुव्वाले समलिंगी तेस्रोलिंगीलाई अधिकारबाट बन्चित गराउन नहुने वताइन । उनले आफ्नो छोरो भोली समलिंगी भयो भने गर्व महसुस गर्ने वताइन । उनले आफ्ना धेरै समलिंगी तेस्रोलिंगी साथीहरु रहेको सुनाइन । कार्यक्रम संचालन गरेकी पूर्व मिस नेपाल सुगारिका केसीले तेस्रोलिंगी महिलामा भएको क्षमताको राज्यले कदर गर्नु पर्ने वताइन । उनले उनीहरुमा रहेको क्षमता दविएर जान दिन नहुने वताइन । कार्यक्रम राष्ट्रिय नाँचघर जमलमा भएको हो ।

मिस पिंकमा सहभागी १८ जनालाई कोरियोग्राफर राजेश लामा, मेक अप आर्टिस चन्द्र गुरुङ र फेशन डिजाइनर एनी लामाले प्रशिक्षण दिएका थिए । उनीहरुले दिएको प्रशिक्षणको हाउस फुल हलबाट गडगडाहट तालीले तारिफ भएको थियो ।

bmd
bty
bmd
bmd
bmd
bty
bty
bty
bty
bty
bdr
bty
bty
bty
bty
bty
bty
bty
bty
bty
bdr
bdr
bty
bty
bdr

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.