किन हामीलाई अर्कै ग्रहबाट झरेको व्यवहार गरिन्छ ?

किन हामीलाई अर्कै ग्रहबाट झरेको व्यवहार गरिन्छ ?

काठमाडौं (पहिचान) जेठ ६ – संविधानमा हाम्रो अधिकार लेख्ने नेपाल एसियामै पहिलो देश भन्छन । हाम्रो बारेमा ठाउँ ठाउँमा ठुला कुरा हुन्छन । जनचेतना फैलाउदै छौ गाउं गाउंमा । महिला, पुरूष मात्र होइन यहाँ तेस्रोलिंगी पनि । देश विकास गर्नलाई अघि बढ्छौ हामी पनि ।

हामी पनि त्यही आमाको कोखबाट जन्मियौ । हामीलाई समान हक, अधिकार खै कता छ ? विकसित देशको आवाज, आवश्यकता ज्ञान गुणका कुरा हेर्नु । किन विभेद हामीलाई मात्र यहाँ ? विकसित राष्ट्र अमेरिकाको नोबेलमा भन्छ हामी एलजीबीटीआइ बच्चा जन्मेको आमाको कोख लक्षणको मानिन्छ ।

यहाँ किन हामीलाई अर्कै ग्रहबाट झरेको व्यवहार गरिन्छ ? हामीलाई अर्को जन्मको पापको संज्ञा दिने धेरै छन यो भीडमा । कसलाई कुन जन्म कसलाई कुन जन्म पालो घुम्दै आऊला यही जन्म अनि विभेद, लाञ्छाना, के रहेछ अनि थाहा हुन्छ ।

जन्म दिने आमा किन रून्छौ धरधर ?
यस्तै जन्म दियो ईश्वरले भनि मन बुझाउने गर ।

हामी अरु भन्दा फरक देख्नेहरु छन्
अघि बढ्छु भन्दा बाटो छेक्नेहरु छन् ।

स्विकार्न गाह्रो मान्छ अझै पनि समाजले
तर देखाउनै हाम्रो लागी लेख्नेहरु छन् ।

केहि बुझ्दैछ समाज, बुझाउदैछौ हामी
हामीलाई साथ दिदै कालो पर्दा मेट्नेहरु छन् ।

सिप छ, क्षमता छ, केहि गर्ने संकल्प छ
देखेर उत्साह, आज हामीलाई भेट्नेहरु छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading