यो समुदायको बेदना सुन्ने सरकार चाहिन्छ…

यो समुदायको बेदना सुन्ने सरकार चाहिन्छ…

काठमाडौं/पहिचान –

१. सदै छि-छि दुर-दुर होइन अधिकार चाहिन्छ ।
मान्छेको बुझाईले ठगियौ समान अधिकार चाहिन्छ ।।

२. समाजमा अपहेलना किन सम्मान गर्नु पर्छ ।
अरु नारि, पुरुष सरह खुल्ला संसार चाहिन्छ ।।

३. लड्नु परेपनि अगाडिगई लड्नु छ ।
पुरुष, महिला सरह कलम दरबार चाहिन्छ ।।

४. भनेर लेखेर हुदैन व्यबहारमा लागू खै ।
यो समुदायको बेदना सुन्ने सरकार चाहिन्छ ।।

५. देश निमार्णको लागि हातमा साथ मिलाउन ।
हामी आत्मै देखि एक जुट हुन आभार चाहिन्छ ।।

बिपिन कडायत अन्तरलिंगी अधिकारकर्मी हुन्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading