मलाई छाडेर टाढा जाने साथी, आफ्नो दिलवाट टाढा नाराख

मलाई छाडेर टाढा जाने साथी, आफ्नो दिलवाट टाढा नाराख

काठमाडौं/पहिचान –

मलाई छाडेर टाढा जाने साथी, आफ्नो दिलवाट टाढा नाराख

मेरा यी आंखाहरुलाई रुन, तिमी फेरि बाध्य नपार…
वादल फेरि छाउने छ, हामी विछोड भएर के भो र ?
गुलाव फेरि मगमगाउने छ, हामी विछोड भएर के भो र ?
जहां हाम्रो भेट हुन्थ्यो साथी, प्रेमका गित गुनगुनाउंथ्यौं,
वर-पिपलको त्यो चौतारी, हामीलाई पर्खिरहने छ….
पातहरु फेरि फरफराउने छन्, हामी विछोड भएर के भो र ?
चराहरु फेरि गाउने छन् , हामी विछोड भएर के भो र ?
प्रेमको झझल्को ल्याउने छन् साथी, ती जुनेली रातहरु
विपनाको बिछोडको घाऊ, सपनाको मिलनले भर्ने छ….
ताराहरु फेरि झिलमिलाउने छन्, हामी विछोड भएर के भो र?
पूर्णिमाको जुन फेरि उदाउने छ, हामी विछोड भएर के भो र ?

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading