देविकालाई तेस्रोलिंगीबारे गीत गाउने रहर

देविकालाई तेस्रोलिंगीबारे गीत गाउने रहर

काठमाडौं (पहिचान) असार ३० – गायिका देविका बन्दनाले आफूले चाँडै नै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबारे गीत गाउने बताएकी छन् । “मलाई फरक खालको गीत गर्ने इच्छा छ । मैले कुनै बेला सोचेको पनि थिएँ तेस्रोलिंगीबारे गीत गाउने छु । सायद मैले चाँडै नै यसबारे गीत गाउँछु होला ।”

आफूले धेरै तेस्रोलिंगीलाई चिनेको र उनीहरु नजिकको साथि रहेको पनि उनले बताइन् । “तेस्रोलिंगी भूमिका श्रेष्ठ मेरो नजिककी साथी हुन्, अवान्तिका, विनिताहरुसँग म एकदमै मिल्छु । उहाँहरुले मलाई मायाँ गर्नुहुन्छ,” उनले भनिन्, “म सानो छँदा एक जना अंकल यस्तै व्यक्ति हुनुहुनथ्यो उहाँले मलाई निकै धेरै मायाँ गर्नुहुन्थ्यो ।”

तेस्रोलिंगीलाई समाजमा त्यती सजिलो नरहेको उनी बताउँदै भन्छिन्, “यो समाजमा तेस्रोलिंगीलाई त्यती सजिलो छैन । उनीहरुले कस्ता समस्या भोग्नुपर्छ भन्ने मलाई थाहा छ ।”

गायिका राणाले करिब एक हजार गीत गाइसकेकी छन् । कुनै बेला नेपाली चलचित्र उद्योगमा पाश्र्व गायनमा उनको एकल राज थियो । उनका सयौं गीत नेपाली स्रोता माझ अहिले पनि लोकप्रिय छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading