समान अधिकारका लागि सबैको हातेमालो आबश्यक छ : मन्त्री बराल

समान अधिकारका लागि सबैको हातेमालो आबश्यक छ : मन्त्री बराल

रुपन्देही (पहिचान) भदौ ३ – प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले तेस्रोलिंगी, समलिंगीहरुको अधिकार प्रति प्रदेश सरकार गम्भिर रहेको बताएका छन् । नील हिरा समाजले बुटवलमा स्थानीय तहका नीति निर्माताहरुसँग गरेको अन्तरक्रियामा उनले तेस्रोलिंगी, समलिंगीहरुको अधिकारका लागी प्रदेश सरकार जहिले पनि सकारात्मक रहेको बताए ।

‘प्रदेश सरकार अहिले कानुन निर्माणको चरणमा छ मन्त्री बरालले भने, समान अधिकार प्रदानका लागि सबैको हातेमालो आवश्यक छ ।’ साथै नेपालको संविधानले संबोधन गरीसकेको यस विषयमा प्रादेशिक सरकारले अवश्य पनि गम्भिरताका साथ लैजाने मन्त्री बरालको प्रतिवद्धता छ ।

प्रदेश सभा सदस्य कमला देवी विश्वकर्माले समान अधिकार स्थापनाको अभियानमा आफुले जहिले पनि साथ दिने बताइन । सदनमा बोल्दा सधै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार प्राप्तिका निम्ति प्रदेश सरकारको ढोका ढकढकाउने उनको भनाई छ । उनले अब यो कानुन निर्माणको समयमा हटेर होईन डटेर सम्पुर्ण यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय लागि पर्नु पर्नेमा जोड दिईन् ।

नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले अधिकार विहिन हुदा भोग्दै आएका समस्या, नील हिरा समाजले गरेका उपलब्धी, अझै गर्न पर्ने काम लगायत विषयमा प्रस्तुतिकरण गरेकी थिईन् । कार्यकारी निर्देशक ढकालले रामायण, महाभारत, श्रीकृष्ण, शिव लगायत विभिन्न भगवान र पुराणहरुको उदाहारण दिदै यो समुदाय अहिले मात्र नभएर परापुर्व काल देखीनै अस्तित्वमा रहेको बताइन ।

कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उप—सचिव भरत शर्माले हाल कानुनमा भएको व्यवस्था र नयाँ बन्नुपर्ने नियममा तेस्रोलिंगी, समलिंगीहरुको अधिकार विषयक कार्यपत्र प्रस्तुत गरेक ।

कार्यक्रममा प्रदेश सभा सदस्य थान कुमारी थापा, नील हिरा समाजकी अपेक्षा दाहाल, रुपन्देहीका मानब अधिकारकर्मी सुमन चेपाङ्ग लगायतले बोलेका थिए भने निल एक्लोलाई साहारा दिने वृक्ष समुह रुपन्देहीकी कार्यक्रम संयोजक मनिला न्यौपानेको स्वागत मन्तव्य तथा आनिक रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading