व्यवसायिक सफलताका लागि डिजिटल युगतर्फ

व्यवसायिक सफलताका लागि डिजिटल युगतर्फ

काठमाडौं (पहिचान) भदौ ३ – नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको नेपाल महिला चेम्बर ब्यापार समितिले नेपाली महिलालाई लक्षित गरि ’गोइंग डिजिटल फर बिजनेश सक्सिस’ (व्यवसायिक सफलताको लागि डिजिटल युगतर्फ) बिषयक एक दिने कार्यशाला गोष्ठी सुरु गरेको छ । डिजिटल बिजनेशबाटै संसारका देशहरु समृद्दिको यात्रामा तिब्र गतिमा अघि बढिरहदा नेपाली महिलालाई पनि त्यसतर्फ डोर्याउने उद्येश्यले यो कार्यक्रम आयोजना गरिएको नेपाल चेम्वर अफ कमर्सले जनाएको छ ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले डिजिटल बिजनेशबाटै संसारका देशहरुले तिब्र रुपमा आर्थिक प्रगति गरिरहेको अवस्थामा हामीले पनि हाम्रो बिजनेसलाई बिस्तारै ’डिजिटलाइज’ गर्न जरुरी रहेको बताए । त्यसमा पनि महिलाले गर्ने बिजनेसमा हुने ’डिजिटलाइजेसन’ले महिलाको आर्थिक अवस्थामा तिब्र रुपमा परिवर्तन हुन्छ श्रेष्ठले भने, त्यसको सकारात्मक प्रभावको रुपमा देशको समृद्दीको यात्रा पनि तिब्र बन्न सक्छ ।

चीनमा अभ्यास गरिएको ’अनलाइन बिजनेस’ले त्यहाँका अन्य पसलहरु घट्दै गएको र उक्त जनशक्तिलाई चीनको अन्य विकासमा परिचालन गरिएकोले चीनले तिब्र रुपमा आर्थिक विकास गर्न सकिरहेको श्रेष्ठले बताए । नेपालमा पनि अब अनलाइन बिजनेसलाई प्रभावकारी र व्यवस्थित बनाउन ढिला गर्न नहुने अध्यक्ष श्रेष्ठले बताए । अनलाइन बिजनेशलाई कानूनी हिसाबले कसरि अगाडी बढाउने र यसलाई निर्यातमुखी कसरि बनाउने भन्ने कुरा पनि त्यत्तिकै महत्वपूर्ण भएको चेम्वर अफ कमर्सका अध्यक्ष श्रेष्ठको भनाई छ ।

कार्यक्रममा नेपाल महिला चेम्बरकी अध्यक्ष डा. अन्जान शाक्यले नेपाल सरकारले देशलाई नै उच्च प्रविधियुक्त बनाउने नीति अवलम्बन गरेको परिबेशमा महिला पनि पछिल्लो प्रविधिबाट तिब्र रुपमा ’अपडेट’ हुनुपर्ने बताइन । अबको युग ’डिजिटल बिजनेश’कै हुने भन्दै यसतर्फ अघि बढ्नेहरु आर्थिक समृद्दीमा अघि हुने कुरामा उनले जोड दिएको चेम्वर अफ कमर्सका निर्देशक हरि प्रकाश चन्दले जानकारी दिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading