संयुक्त राष्ट्रसंघका पुर्वमहासचिव कोफि अन्नान समलिंगीको पक्षमा कसरि उभिएका थिए ?

संयुक्त राष्ट्रसंघका पुर्वमहासचिव कोफि अन्नान समलिंगीको पक्षमा कसरि उभिएका थिए ?

काठमाडौं (पहिचान) भदौ ७ – संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव तथा घानाका कुटनीतिज्ञ कोफि अन्नानको ८० वर्षको उमेरमा गएको शनिवार निधन भयो । अन्नान नोवेल शान्ति पुरस्कार विजेता हुन् । उनीे संयुक्त राष्ट्रसंग आवद्ध भई प्रत्यक्ष रुपमा मानविय हितको लागी काम गरेवापत सन् २००१ मा नोवेल शान्ति पुरस्कारबाट पुरस्कृत भएका थिए । समलिंगीबारे हुने भेदभाव विरुद्धसमेत आवाज उठाउँदै आएका अन्नान केही समयअघि देखि सामान्य विरामी थिए । सोहि क्रममा उनको निधन भयो ।

आफ्नो कार्यकालभरि विभिन्न क्षेत्रमा योगदान पु¥याउँदै आएका अन्नान केही दिन विरामी भएर शनिवार शान्तपुर्वक महाप्रस्थान गरेको कोफि अन्नान फाउन्डेसनद्धारा जारि विज्ञप्तीमा उल्लेख छ । उनी जहाँ जस्तोसुकै अवस्थामा पनि निश्वार्थ रुपमा सर्वसाधारण जनताको हितमा काम गर्ने व्यक्ति हुन्, विज्ञप्तीमा भनिएको छ ।

अन्नानको जन्म ८ अप्रिल १९३८ मा घानामा भएको थियोे । तर उनको निधन स्विजरल्याण्डमा भएको छ । जहाँ उनी वर्षौदेखि बस्दै आएका थिए ।

सिरियाको शान्ति स्थापनाको लागी अन्नानले राष्ट्रसंघ मार्फत विशेष दुतको रुपमा काम गरेका थिए । संयुक्त राष्ट्र«संघको महासचिव रहेका बेला उनले समलिंगीमाथि गरिने विभेदको निन्दा गरेका थिए । जो एचआइभी एड्सको महामारिले समेत ग्रसित थिए । सन् २००६ मा उनले एचआइभी संक्रमणबाट बच्न समलिंगी व्यक्तिको पहिचान गर्न आदेश दिए ।

‘हामीले जतिसक्दो चाडो रचनात्मक रुपमा एड्स संक्रमित व्यक्ति, यौनधन्दा गर्ने व्यक्ति, नशा लिने व्यक्ति र समलिंगीको पहिचान गर्नुपर्दछ’, उनी भन्थे ।

संयुक्त राष्ट्रसंघको नेतृत्व गर्ने अन्नान पहिलो अफ्रिकन हुन् । आफ्नो कार्यकाल सफलतापूर्वक सम्हालेका अन्नान विश्वभर रहेका समलिंगी समुहको हकमा जोड दिदै आएका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading