समलैंगिक राजकुमारद्धारा दक्षिण एसियामा पहिलो एलजिबिटी कोर्स

समलैंगिक राजकुमारद्धारा दक्षिण एसियामा पहिलो एलजिबिटी कोर्स

काठमाडौं (पहिचान) भदौ १८ – आफु विश्वकै पहिलो समलैंगिक राजकुमार भएको दाबी गर्दै आएका भारतीय मानवेन्द्र सिंह गोहिलले पश्चिम गुजरातस्थित कर्नवती युनिभर्सिटीमा एलजिविटी संकाय स्थापना गरेका छन् ।

दक्षिण एसियामै पहिलो पटक स्थापना भएको उक्त संकाय समलैंगिक, तेस्रोलिंगी तथा लिंग परिवर्तन गराएका समुहको विषयमा केन्द्रित रहेको टाईम्स अफ इन्डियाले जनाएको छ ।

डिग्रीका लागि सबै विधार्थीले कानुन तथा लिवरल स्टडि अध्ययन गरिरहेको उक्त संकायको नाम “प्रोक्लीभिटि अफ जेन्डर : सोसियो लिगल अप्रोच टु एलजिविटिक्यू कम्युनिटी” हो ।

यसले भारतमा व्रिटिस सरकारको पालामा गैरकानुनी सावित गरेको समलिंगी तथा तेस्रोलिंगीको अधिकारका लागि गरिएको आन्दोलनका मुद्धाबारे समेत हेर्नेछ । भारतको सर्वोच्च अदालतले व्रिटिस उपनिवेशको बेला बन्द गरिएका समलैंगिक यौन सम्पर्क सम्बन्धि मुद्धालाई उल्टाइदिएको छ ।

उक्त संकायले एचआइभी संक्रमितलगायत मानसिक तथा शारीरिक स्वास्थ्य समेत हेर्नेछ । यस संकाय मार्फत समाजमा फैलने गरेका एलजिबिटी समुदायबारेका नकारात्मक भ्रमबारे बिधार्थीलाई बुझाई सकारात्मक बनाउन प्रयत्न गरिरहेको गोहिलले बताए ।

गुजरातस्थित राजदरबारमा राजकुमार गोहिलले सन् २००६ मा आफ्नो लैंगिक पहिचान खुलाएका हुन् । सोहि समयमा उनले परिवारको स्विकृतिविना आफ्नै दरबारमा एउटा एलजिबिटी केन्द्र खोल्ने घोषणा गरेका थिए ।

सन् २००७ मा उनले ओफ्रा विनफ्रे नामक एक शो मार्फत आफ्नो सेक्सुवालीटीबारे रहस्य खोलेका थिए । आफ्नो रहस्यबारे उनले भने, “मेरो पहिचान बाहिर आउनुअघि म झुट र गलतबीचको दोसाधमा बाँचिरहेको थिए । यसले मेरो मानसिक स्वास्थ्यलाई नराम्रोसंग खराब बनाएको थियो । जब म मेरो पहिचानबारे इमान्दारिताका साथ खुले मलाई सबै कुरामा स्वतन्त्रता मिल्यो । त्यसपछि निडरका साथ एक खालको आनन्द महसुस गर्न थाले । साथै यसले सत्य जीवन जिउन प्रेरित गर्यो ।”

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading