मलेसियामा समलैंगिक महिलालाई सजाय

मलेसियामा समलैंगिक महिलालाई सजाय

काठमाडौं (पहिचान) भदौ २२ – केहि दिन अघि मलेसियामा एउटा घटना घट्यो । यसको लागि मलेसियाको उच्च अदालतले समलैंगिक महिला जोडिलाई एउटा सजाय सुनायो । कौला तेरेन्गानु उच्च अदालतले वकालत गर्दै दोषिमाथि ६/६ पटक एकअर्कालाई लौरोले हिर्कायो । सो बेला अदालत कक्षमा करिब १५० भन्दा बढि व्यक्ति उपस्थित थिए । आफु महिला अधिवक्ता भएको नाताले अर्की दोषि महिलालाई सजाय दिन लौरो तयार पार्दैथिइन ।

त्यसपछि ति अधिवक्ताले पालैपालो एकपछि अर्को गर्दै अदालतको जेलमा रहेका महिलालाई लौरोले हिर्काए । अदालतमा उपस्थित गराउदा सजाय भोगिरहेका दोषिको अनुहारमा हल्का पिडा भरिएको थियो ।

किशोर समलैंगिकको हकमा भने अर्को महिलाले अदालतमा वकालत गर्नुहुन्छ र सोहि अनुरुप अदालतले सजाय सुनाउछ ।

यहाँ कैदि महिला ३२ र २२ वर्षिय थिए, जसलाई एकमहिना अघिनै बेतको लौरोले हिर्काउने भनिएको थियो । तर विभिन्न कारणले उक्त मद्धा एकमहिना पछि सर्यो ।

अगस्ट १२ तारिकको दिन सिरा उच्च अदालतले कानुनको धारा ३०० तथा उपधारा ३० बमोजिम समलैंगिक यौनसम्पर्क राखेका महिलालाई अपराधको सजायस्वरुप ६ पटक लौरोले हिर्काउने भएको थियो ।

तर उक्त घोषणाको अवहेलना गर्दै मुद्धा पुर्ण रुपमै बाहिर ल्याइयो ।

अदालतले ति महिलाको चौतर्फी छानबिन मार्दै प्रमाण जुटायो । र पक्राउ गर्यो । अदालतको घोषणा अनुसार सजायो सुनायो ।

इस्लामिक देशहरुमा समलैंगिक सम्बन्धलाई अझै पनि अपराध मानिन्छ । इस्लामिक देशहरुमध्येको मलेसियाको उच्च अदालतले समलैंगिक सम्बन्ध भएका महिलालाई पहिलो पटक यस्तो सजाय गरेको हो । सजाय स्वरुप दोषि ठहरिएका दवै महिलालाई ६ /६ पटक लौरोले हिर्काइएको हो ।

समाचार एजेन्सीहरुको सहयोगमा

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading