महिला उद्यमीले उत्पादन गरेका सामानको प्रदर्शनी

महिला उद्यमीले उत्पादन गरेका सामानको प्रदर्शनी

काठमाडौ (पहिचान) भदौ २३ – हरितालिका तिजका अवसरमा जमलमा नेपाली हस्तकला सामग्री तथा परिकारको प्रदर्शनी मेला आयोजना गरिएको छ ।

एक दिन मात्र दर खाने परम्परा तोड्दै सहर बजारमा एक महिनादेखि नै दरखाने खड्किलो र खर्चिलो तिज मनाउने परम्परा बढ्दै गएका बेला महिला उद्यमीको अगुवाइमा रचनात्मक प्रदर्शनी आयोजना गरिएको हो । नेपाल वुमन च्याम्बरले आयोजना गरेको मेलाको महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले उदघाटन गरिन् ।

प्रदर्शनीमा नेपाली खाडी, अल्लो र ढाकाबाट उत्पादित कपडा, बाँस तथा निंगालोबाट निर्मित हस्तकलाका सामग्री, ऋंगार सामग्री, ज्वेलरी र नेवारी खानाका विभिन्न परिकारका स्टल थिए ।

यस्तै प्रदर्शनीमा जौ र फापरबाट उत्पादित खानेकुरा, अर्गानिक चिया, टिमुर र खुर्सानीका अचार राखिएका थिए । ती सबै महिला उद्यमीबाट सञ्चालित उद्योगका उत्पादन भएको वुमन च्याम्बरकी कार्यकारी समिति सदस्य तथा व्यापार समिति संयोजक लीमा अधिकारीले जानकारी दिइन् ।

अधिकारीका अनुसार नेपाली प्रविधि, सिप र सामग्रीबाट उत्पादित ती सामानहरु अन्तर्राष्ट्रिय गुणस्तरका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading