नीति बनाएर कार्यक्रम संचालन गर्ने प्रतिवद्धता

नीति बनाएर कार्यक्रम संचालन गर्ने प्रतिवद्धता

कैलाली (पहिचान) भदौ २८ – धनगढी उपमहानगरपालिकाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको माग अनुसार नीति बनाएर कार्यक्रम संचालन गर्ने प्रतिवद्धता जनाएको छ । नील हिरा समाजको शाखा कार्यलाय धनगढीले नीति निर्माण तहमा रहेकाहरुसँग गरेको छलफल कार्यक्रममा उपमहानगरपालिकाका प्रमूख नृप बहादुर बडले आफूहरु यो समुदायको मुद्धामा गंभिर रहेको बताए । उनले यो समुदायको माग अनुसार नीति बनाएर कार्यक्रम संचालन गर्ने प्रतिवद्धता पनि जनाए ।

उपमहानगरपालिकाकी उपप्रमूख शुसीला मिश्रले यो समुदायको समस्या र पीडालाई आफूहरुले गंभिर रुपमा नलिएको स्वीकार गरिन । ‘यो समुदायको समस्यालाई आफ्नै समस्या र यिनिहरुको पीडा आफ्नै पीडा मानेर त्यहि गहिराईसम्म पुगे पछि मात्र यो समुदायको समस्या र पीडा बुझिन्छ’ उनले भनिन ।

लिंगको आधारमा कसैलाई विभेद गर्न नहुने बताउँदै उपप्रमूख मिश्रले यो वर्गको ललाई नै आफूहरुको लडाई भएको बताइन । यो समुदायलाई स्वीकारेर आफैले कार्यक्रम संचालन गर्ने मिश्रले प्रतिवद्धता जनाइन ।

प्रदेश नम्वर ७ को सामाजिक विकास मन्त्रालयका उपसचिव झंकर बहादुर विष्टले विभिन्न जातजाति, वर्ग, लिंग, लैंगिक पहिचानका कुरा नेपालको संविधानमा उल्लेख भइसकेको बताए । उनले यो समुदायलाई शिक्षा, स्वास्थ्य क्षेत्रमा समाबेश गर्ने बताए । कुनै पनि वर्ग समुदायको मुद्घा अगाडी बढाउन सबैको भूमिका हुनुपर्नेमा उनले जोड दिए ।

नील हिरा समाजको दिवा परियोजनाका सहायक कार्यक्रम निर्देशक संजय शर्माले यो समुदायलाई कुनै पनि मन्त्रलायले नसमेटेको वताए । प्रदेश स्तरले पनि कानुनमा यो समुदायलाई समाबेश गराउन नसकेको र अगामी दिनका समेट्न उनले आग्रह गरे ।

सुदुरपश्चिम समाजका संयोजक राजु लामाले नीति निर्माताहरुलाई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको बारेमा जानकारी दिदै नीति बनाएर कार्यक्रम दिन माग गरे ।

 

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading