क्युवामा समलिंगी विवाहले मान्यता पाउने

क्युवामा समलिंगी विवाहले मान्यता पाउने

काठमाडौं (पहिचान) असोज २ – क्युवाली राष्ट्रपति मिगेल डियाज क्यानेलले समलिंगी विवाहको समर्थन गरेका छन् । १९ अप्रिलमा क्युवाली नेता राउल क्यास्त्रोको कार्यभार सम्हालेका उनले आफुले समलिंगीलाई बिना कुनै रोकतोक विवाह गराउने प्रावधानलाई मान्यता दिने बताएका हुन ।

टेलिभिजन टेलेसुरलाई अन्तर्वार्ता दिने क्रममा आफुले समाजमा समलिंगीहरु माथि कुनै पनि किसिमको भेदभाव हुन नदिने बताए । क्युवाले संविधानलाई अपडेट गर्ने प्रक्रिया अघि बढाइरहको बेला समलिंगी विवाहको प्रसंग बाहिरिएको हो ।

यस प्रस्तावित संविधानले कुनै समय निकै लोकप्रिय सन् १९७६ को राष्ट्रिय विधानलाई प्रतिस्थापन गर्ने भएको छ । छलफल र बहस करिव सकिसकेको यो नयाँ संविधानको मस्यौदा सन् २०१९ को फेब्रुअरीमा हुने राष्ट्रिय जनमत संग्रहले अनुमोदन गर्ने भएको छ ।

सन् १९५९ मा क्युवाली क्रान्तिपछि दशकौं सम्म समलिंगीहरु माथि कडा कानुनी कारवाही हुँदै आएको थियो । तर विशेष गरी राउल क्यास्त्रोकी छोरी म्यारिएलाका अभियानको कारण केहि वर्ष यता देखि भने क्युवाली सरकारले समलिंगी समुदाय माथि नरम व्यवहार गर्न थालेको छ ।

यौन शिक्षका लागि क्युवाली राष्ट्रिय केन्द्रका अध्यक्ष रहेकी उनले समलिंगी अधिकारका लागि आवाज उठाउँदै आएकी छिन् । अमेरिकी तत्कालि राष्ट्रपति वाराक ओवामा र क्युवाली सरकारबीचको गोप्य वार्तापछि लामो समयदेखि चिसिँदै आएको दुई देशबीचको सम्बन्धमा सुधार आएको हो ।
एजेन्सीहरुको सहयोगमा

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading