कोलोराडोमा ऐतिहासिक जित, समलिंगी जेराड बन्ने भए राज्यको गभर्नर

कोलोराडोमा ऐतिहासिक जित, समलिंगी जेराड बन्ने भए राज्यको गभर्नर

काठमाडौं (पहिचान) कार्तिक २१ – अमेरिकामा भएको मध्यावधिक चुनावमा कोलोराडोमा ऐतिहासिक जित हाँसिल गरेका छन् जेराड पोलिसले । उनी क्लोराडो राज्यको गभर्नरनमा विजयी भएका हुन् ।

अमेरिकाको इतिहासमा राज्यको गभर्नर पदमा विजयी हुने उनी पहिलो समलिंगी पुरुष हुन् । उनी डेमोक्र्याटिक पार्टीको तर्फबाट चुनाव लडेका थिए । उनले रिपब्लिकन पार्टीका वाल्कर स्टेप्लेटनलाई पराजित गरेका हुन् ।

जेराड नै पहिलो त्यस्तो व्यक्ति हुन् जो चुनाव लड्नु अघि नै समलिंगी भएको सार्वजनिक रुपमा थाहा थियो । यसअघि ओरिगनका डेमोक्र्याटिक गभर्नर केट ब्राउन बाइसेक्सुअल हुन् र उनी गभर्नरमा विजयी हुने पहिलो एलजिबिटी व्यक्ति हुन् ।

यस्तै न्युजर्सीका पूर्व गभर्नर जिम म्याकग्रिभी सन् २००० को सुरुमा गभर्नरको रुपमा आफ्नो कार्यभार अन्त्य हुने बेला समलिंगीको रुपमा बाहिर आएका थिए । यसरी हेर्दा जेराड राज्यको गर्भनरमा विजयी हुने पहिलो पुरुष समलिंगी अर्थात गे हुन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading