‘गे–सेक्स’ मा आधारित उपन्यास लेख्दा १० वर्ष जेल सजाय

‘गे–सेक्स’ मा आधारित उपन्यास लेख्दा १० वर्ष जेल सजाय

काठमाडौं (पहिचान) मंसिर ५ – समलिंगी यौन सम्बन्ध (गे–सेक्स) मा आधारित उपन्यास लेखेर त्यसको बेचबिखन गरेको आरोपमा चीनमा एक लेखिकालाई १० वर्षको जेल सजाय सुनाइएको छ ।

लिउ नाम गरेकी लेखिकालाई अन्हुई प्रान्तको एक अदालतले गएको महिना ‘अश्लिल सामग्री’ लेखेको तथा त्यसको बिक्री वितरण गरेको आरोपमा जेल सजाय दिएको हो ।

‘अक्युपेशन’ शिर्षकको उपन्यास पुरुषको समलैंगिक सम्बन्धमा आधारित रहेको छ । पुस्तकमा उत्पीडन तथा पीडादायक यौनिक गतिविधिबारे उल्लेख गरिएको छ ।

लेखिकालाई दिइएको सजायको अवधि लामो भएको भन्दै चीनको सामाजिक सञ्जालमा विरोध भइरहेको छ । लिउले सजायविरुद्ध अदालतमा मुद्दा दायर गरेकी छन् । चीनमा पोर्नोग्राफी गैरकानुनी हो ।

लिउको उपन्यास अनलाइन माध्यममा लोकप्रिय हुन थालेपछि प्रहरीलाई खबर गरिएको हो । लिउको अक्युपेशनसहित यौनमा आधारित अरु पुस्तकहरु सात हजार भन्दा बढी प्रति बिक्री भएको बताइएको छ । यसबाट उनले डेढ लाख युआन मुनाफा कमाएकी छन् ।

सजायको विपक्षमा त्यति नबोलिए पनि अवधी लामो भएको भन्दै आलोचना भइरहेको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading