स्कटल्याण्डमा एलजिबिटिआईको पहिचान अन्वेषण गरेर सिकाइने

स्कटल्याण्डमा एलजिबिटिआईको पहिचान अन्वेषण गरेर सिकाइने

काठमाडौ (पहिचान) मंसिर ७ – समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगीहरुको संबोधन हुनेगरी स्कूलको पाठ्यक्रममा उनीहरुको अधिकारको वारेमा समावेश गर्ने स्कटल्याण्ड विश्वको पहिलो देश हुने भएको छ ।

हरेक स्कुलको विधार्थीहरुलाई इतिहासमा एलजिबिटिआइलाई गरेको समानता र आन्दोलनको वारेमा सिकाउन आवश्यक छ । त्यसैगरी होमोफोबिया, ट्रान्सफोबिया र एलजिबिटिआइको पहिचान अन्वेषण गरेर सिकाउन आवश्यक छ ।

समावेशी शिक्षा अभियानको अध्ययनले १० मध्य ९ जना तेस्रोलिंगीलाई स्कुलमा होमोफोविया भएको र धम्काए पछि २७ प्रतिशतले आत्म हत्याको कोसिस गरेको पत्ता लाग्यो । यौन विशेषता र समलिंगी विविधताको अन्यायको वारेमा स्कुलमा थोरै जानकारी थियो भन्ने कुरा अनुसन्धनाबाट पत्ता लागेको थियो ।

पहिलो उपप्रधानमन्त्री जोन सुउइनीइले भने, ‘यूरोपीयन देश मध्य स्कटल्याण्ड पहिले देखि नै एलजिबिटिआइ समानताको लागि प्रगतिशील देशको रुपमा चिनिन्छ र आफुले समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगीलाई संबोधन हुनेगरी पाठ्यक्रममा यस समुदायको बिषय समावेश गर्ने संसारको पहिलो देश भयौ भन्दा गर्व लाग्छ ।’

हाम्रो शिक्षा प्रणालीले पूर्ण रुपमा उनीहरु हरेकलाई सहयोग पुर्याउछ । त्यसैले पाठयक्रममा हाम्रो स्कुलमा सिक्ने युवाहरु जस्तै विविधता भएकोले गर्दा यस विषय जान्न आवश्यक छ ।

एलजिबिटिआइ व्यक्तिहरुको कानुनी सुरक्षा स्थापित गर्ने स्कटल्याण्ड नियमीत रुपमा यूरोपको सबै भन्दा राम्रो देशको रुपमा चिनिन्छ । यस तथ्यको बावजूद यसले १३ वर्ष पछि इङ्ल्यान्ड र वेल्सको तुलनामा १९८० मा तेस्रोलिंगीलाई अपराध मानेन् ।

सन् २०१६ मा पूर्व स्कटिशका श्रमिक नेता किजिया डुगडलीले देशलाई संसार तेस्रोलिंगीको संसद भने । त्यो समयमा स्कटल्यान्डका ६ वटा पार्टीका नेताहरु समलिंगी, तेस्रोलिंगी, दुईलिंगी र अन्तरलिंगी रहेको थाहा पाए ।

वेल्श सरकारले स्कुलहरुमा तेस्रोलिंगीको सम्बन्ध सुधार्ने र यौन शिक्षालाई एलजिबिटिआइ अन्र्तगत समावेशी विषय बनाउने कुरा घोषणा गरे अनि यसको साथ साथै अलग अलग पढाउनुको सट्टा यो विषय पाठयक्रममा निर्भर हुन्छ भन्ने कुरा बताएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading