ताइवानमा समलिंगी विवाहको विपक्षमा मतदान

ताइवानमा समलिंगी विवाहको विपक्षमा मतदान

काठमाडौं (पहिचान) मंसिर ९ – ताइवानका मतदाताले समलिंगी विवाहलाई मान्यता नदिने पक्षमा मत दिएका छन् । समलिंगी विवाहलाई मान्यता दिने वा नदिने निर्णय गर्न शनिबार भएको जनमतसंग्रहमा विपक्षमा बढी मत आएको हो ।

यसको अर्थ ताइवानले समलिंगी विवाहलाई कानुनी मान्यता दिने एसियाको पहिलो देश बन्ने मौका गुमाएको छ । ताइवानको सर्वोच्च अदालतले गएको वर्षको मार्चमा समलिंगी विवाहको पक्षमा फैसला गरेको भए पनि अन्तिम निर्णयका लागि जनमतसंग्रह गरिएको हो ।

सर्वोच्च अदालतले दुई वर्षभित्र कानुन संशोधन तथा नयाँ कानुन बनाउन भनेको थियो । अदालतले फैसला गरे पनि जनमत संग्रहमा समलिंगी विवाहको विपक्षमा नतिजा आएको हो । जनमतसंग्रहको नतिजाबाट एलजिबिटीआई समर्थक निराश भएका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading