जापानमा बन्यो एलजिविटिआई विधेयक

जापानमा बन्यो एलजिविटिआई विधेयक

काठमाडौं (पहिचान) मंसिर २७ – जापानको सबै भन्दा ठुलो विपक्षी दल संवैधानिक लोकतान्त्रीक पार्टी (सिडीपी) ले एलजिबिटिआइ भेदभाव विरुद्ध कानुन बनाउने घोषणा गरको छ । जापानमा अहिले यौनिक तथा लैंगिक पहिचानको आधारमा भेदभावको लागि राष्ट्रव्यापी सुरक्षा छैन् । तैपनि, अक्टूबर महिनामा टोक्यो शहरमा व्यापक रुपमा भेदभाव विरुद्ध एक विधेयक वनाइएको छ ।

जापानको क्योडको समाचार रिपोर्ट अनुसार संवैधानिक लोकतान्त्रिक पार्टी (सिडीपी) ले भने कानूनी संगठन र कंम्पनीद्धारा यौनिक अल्पसंख्यक भेदभावपूर्ण उपचारको प्रतिबंधित गरेको छ । यो भेदभाव अन्त्य गर्न राष्ट्रिय र स्थानीय सरकारले अनुमति दिनुपर्ने हुन्छ ।

संवैधानिक लोकतान्त्रीक पार्टीले अन्य राजनीतिक दललाई विधयेकमा सहयोग गर्न आग्रह गरेको छ । पर्यवेक्षकहरुका अनुसार अरु पार्टीले विधेयक बुझाउने थोरै आशा छ । सत्तारुढ लिबरल लोकतान्त्रिक पार्टी (एल डिपि) को अनुसार दुई तिहाई बहुमत आउँछ । सत्तारुढ लिबरल लोकतान्त्रिक पार्टीका सांसद मिव सुगीताले एलजिबिटिआइ समुदायलाई कम प्राथमिकतामा राखेका छन् ।

टोक्योको सम्बन्धित व्यक्तिहरुले २०२० को ग्रीष्मकालीन ओलम्पिक होस्ट गर्नु भन्दा पहिले एक भेदभाव मस्यौदा तयार पारेका थिए । यसलाई शहरमा अक्टूबरबाट लागु गराएका थिए । यस वर्षको जुलाइमा टोक्योले बेघर एलजिबिटिआइका व्यक्तिहरुको लागि आश्रम र घर प्रदान गर्ने घोषणा गरेका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading