भारतको रेलमा यात्रा गर्ने तेस्रोलिंगी ज्येष्ठ नागरिकलाई ४० प्रतिशत भाडा छुट

भारतको रेलमा यात्रा गर्ने तेस्रोलिंगी ज्येष्ठ नागरिकलाई ४० प्रतिशत भाडा छुट

भारत (पहिचान) पुस २२ – भारतको रेल यातायाले तेस्रोलिंगी ज्येष्ठ नागरिकलाई रेल यात्रामा ४० प्रतिशत भाडा छुट दिएको छ । जनवरी १ देखि रेलमा यात्रा गर्ने तेस्रोलिंगी ज्येष्ठ नागरिकले ४० प्रतिशत भाडा छुट पाउन थालेका भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

केन्द्रीय रेल मार्गका प्रवक्ता सुनिल उदासीले ६० वर्ष भन्दा माथि उमेर भएका तेस्रोलिंगी व्यक्तिहरुका लागि जनवरी १, २०१९ देखि भाडामा छुट दिने व्यवस्था लागू भएको जानकारी दिए ।

अहिले सम्म ६० वर्ष वा त्यसभन्दा वढि उमेर रहेका पुरुष र ५८ वर्ष वा त्यस भन्दा बढि उमेर रहेका महिलाका लागि मात्र रेल भाडामा छुट दिने गरिएको थियो । पुरुषका लागि ४० प्रतिशत र महिलाका लागि ५० प्रतिशत भाडा छुट दिदै आएको रेल मार्गले अबदेखि तेस्रोलिंगी ज्येष्ठ नागरिकलाई पनि ४० प्रतिशत भाडा छुट दिएको हो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.