दक्षिण अफ्रिकामा बढ्दैछ यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्या

दक्षिण अफ्रिकामा बढ्दैछ यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्या

काठमाडौं (पहिचान) पुस २४ – केप टाउनवाट बिबिसीमा मोहम्मद अलिले रिपोट गर्दै भने, ‘दक्षिण अफ्रिकामा यौनिक तथा लैंगिक अल्पसंख्यकको सख्या वढ्दो छ ।’

उनीहरुको यौनिक तथा लैंगिक पहिचान अरु आम व्यक्तिहरु भन्दा फरक हुन्छ । त्यसैले यसका लागि स्कुलका विद्यार्थीहरुले पछि आउने चुनौतिको वारेमा जान्न खोजी रहेका छन् ।

तीन वर्ष पहिले एलेक्स जन्मँदा केटा थिइन, तर उनले आफ्नो पहिचान केटी भनेर भन्न रुचाइन । उनको उमेर आठ वर्षको भयो । उनको हल्का गोल्डेन रंगको लामो कपाल छ । अहिले उनी पढ्न जान्छिन् । उनले लिफक्याप शहरमा रहेको प्राथमिक विद्यालयमा साथीहरुसँग अध्ययन गर्न पाउदाँ धेरै सजिलो महसुस गरेकी छन् ।

एलेक्सकी मामु जेनिफरले भनिन, ‘परिवारलाई शुरुमा मनोवैज्ञानिकले एलेक्समा रहेको महिलाको पहिचान पत्ता लगाउने सल्लाह दिएका थिए र पुरुष बनाउनको लागि आग्रह गरेका थिए ।’

जेनिफरले भनिन्, त्यसैले हामी उनको कपाल काट्न दिन्छौ र केटाबन्नको लागि बाध्य बनाउछौँ । तर उ ठुलो भइसक्यो । उसलाई नराम्रो असर पर्छ र उसले आफनो ध्यान राख्न छोड्दिन्छ । यो अवस्था परिवार भएपछि मात्र समाधान हुन्छ । त्यसैले उनले एक मानसिक स्वास्थ्य विज्ञको सल्लाह अनुसार एलेक्सलाई आफ्नो इच्छाअनुसारको कपडा लगाउन दिइन ।

जेनिफरले भनिन्, ‘कानुनी प्रकियाबाट लैंगिक पहिचान बदलेको छैन् तर उनले स्कुलमा केटीको ड्रेस लगाउन थालीसकिन् र त्यसमा उनलाई राम्रो देखिएको छ ।’

वाहिर आउने जोखिम

कानुनी रुपमा समेटे पनि समलिंगी प्रतिको भेदभाव अझै पनि दक्षिणी अफ्रिकामा विधमान छ । जोखिम विश्लेषण केन्द्रका अनुसार दक्षिण अफ्रिकाको जाति सम्बन्ध संस्था (आइआरआर) को अनुसरण अनुसार अधिकांस काला जात मध्ये आधा एलजिबिटिआइ व्यक्तिहरु पूरै गरि यौनिक तथा पहिचानकोे आधारमा खुलेका छन् ।

काला जातिका एलजिबिटिआइ व्यक्तिहरु अन्य जाति समुहको तुलनामा धरै शारीरिक हिंसाको शिकार हुने गरेका छन् । त्यसैले उनीहरु यौनिक तथा लैंगिक पहिचानमा खुल्न इच्छुक नरहेको बताउँछन् । ग्रामिण क्षेत्रमा कालाजातका व्यक्तिहरुका लागि वाहिर निस्कनु भनेको धेरै जोखिम निम्त्याउनु हो ।

आइआरआरका अनुसार लिम्पोपो प्रदेशमा ३५ प्रतिशत एलजिबिटिआइ व्यक्तिहरु यौनिक तथा लैंगिक पहिचानको आधारमा खुलेका छन् । यो दक्षिण अफ्रिकाको सवै भन्दा कम हो ।

सिमानाको अर्काे क्षेत्र उत्तरी क्याप प्रदेशमा अनुमानित ७० प्रतिशत एलजिबिटिआइ व्यक्तिहरु यौनिक तथा लैगिंक पहिचानका साथ खुलेका छन् ।

प्रदेशको राजधानी क्याप शहरलाई समलिंगी मैत्री शहरको रुपमा समेत लिने गरिएको छ । यसले वार्षिक गे प्राइड उत्सवको प्रोत्साहन गरेको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.