‘गे सेक्स’ सम्वन्धलाई सेनामा अनुमति नदिने : भारतीय सेना प्रमुख

‘गे सेक्स’ सम्वन्धलाई सेनामा अनुमति नदिने : भारतीय सेना प्रमुख

काठमाडौ (पहिचान) पुस २७ – भारतीय सेनाका प्रमुख विपिन रावतले ‘गे सेक्स’ सम्वन्धलाई सेनामा अनुमति नदिइने वताएका छन् ।

केही महिना अगाडी भारतको सर्वाेच्च अदालतले यसलाई मान्यता दिदै ‘गे सेक्स’ सम्वन्ध कानुनी अपराध नभएको र स्वीकार गर्नुपर्ने आदेश जारी गरेपनि सेनामा त्यो लागु नहुने रावतले वताए ।

उनका यस प्रकारका गतिविधीहरु सेनामा स्वीकार्य नहुने समेत राउतले वताएका छन् । भारतको अदालतले पेनल कोडको दफा ३७७ परिवर्तन गरी सो सम्वन्धलाई स्वीकार गर्ने फैसला गरेको थियो ।

उनले आर्मी एउटा कन्जरभेटिभ संस्था भएको समेत वताएका छन् । नेपालमा पनि संविधानले सो समुदायको अधिकारलाई संस्थागत गरेपनि सुरक्षा निकायले त्यसलाई पालन गरेका छैनन्, वरु सेवाबाट नै निकालिएका उदाहरणहरु रहेका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading