युक्रेनका एक सिपाहीले गरे आफू ‘गे’ भएको घोषणा

युक्रेनका एक सिपाहीले गरे आफू ‘गे’ भएको घोषणा

काठमाडौं (पहिचान) माघ ३ – युक्रेनको सेनामा कार्यरत एक व्यक्तिले आफू ‘गे’ भएको सार्वजनिक घोषणा गरेपछि युक्रेनमा यतिवेला हलचल मच्चिएको छ । ३१ वर्षिय भिक्टोर प्लाइप्लेनकोले सार्वजनिक रुपमा नै आफनो पहिचान सार्वजनिक गरेका छन् ।

विविसीसँगको कुराकानीमा उनले पहिलोपटक आफू ‘गे’ भएको थाहा पाउँदा आफैलाई आश्चर्य लागेको समेत वताएका छन् । युक्रेन एलजिविटीआई समुदायप्रति त्यति नरम छैन् । आफ्नो एलजिविटीआई पहिचान सार्वजनिक गर्नेलाई आलोचना गर्ने गरिन्छ ।

तर सेनाभित्र भने उनको कदमलाई सकारात्मक रुपमा नै लिइएको छ । ‘गे’ को पहिचानमा पनि उनले सेनामा राम्रोसँग काम गरिरहेका छन् । भिक्टोर प्लाइप्लेनको आफ्नो पहिचान सार्वजनिक गर्ने पहिलो सिपाही वनेका छन् ।

पहिला उनको पहिचानको वारेमा कसैलाई थाहा नभएपनि साथीहरुले उनको केटी साथीको वारेमा वारम्वार सोध्ने गरेको उनले वताए । यति मात्र होइन, तँ कोसँग घुम्न जान्छस् भनेर साथीहरुले उनलाई फोटो देखाउन समेत आग्रह गर्ने गर्दथे ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.