समलिंगी प्रधानमन्त्रीकी प्रेमिकाले जन्माइन् सन्तान

समलिंगी प्रधानमन्त्रीकी प्रेमिकाले जन्माइन् सन्तान

काठमाडौं (पहिचान) फागुन १२ – सर्बियाकी प्रधानमन्त्री एना ब्रनाबिकी प्रेमिकाले बच्चा जन्माएकी छन् । विश्वको इतिहासमा देशको प्रधानमन्त्री वा राष्ट्रपति पदमा रहेका बेला कुनै पनि समलैंगिक नेताको पार्टनरले सन्तान जन्माएको यो पहिलो पटक हो ।

४३ वर्षकी एना समलिंगी अर्थात लेस्बियन हुन् । उनी सन् २०१७ को जुनमा सर्बियाको पहिलो महिला तथा समलिंगी प्रधानमन्त्री बनेकी थिइन् । उनकी प्रेमिका मिलिका जोडर््जेकले सन्तान जन्माएकी हुन् ।

उनले छोरा जन्माएको र नाम इगोर राखिएको बिबिसिले जनाएको छ । आमा र शिशुको स्वास्थ्य राम्रो रहेको उल्लेख गरिएको छ । प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गरेर शिशु जन्मिएको पुष्टि गरेको हो ।

समलिंगी विवाहले कानूनी मान्यता नपाएको देश सर्बियाको प्रधानमन्त्रीमा एना निर्वाचित हुनुलाई आश्चर्यको रुपमा लिइएको थियो । पेशाले डाक्टर रहेकी एनाकी प्रेमिका मिलिका कृत्रिम गर्भाधान प्रविधि मार्फत गर्भवती भएकी हुन् ।

देशको कानूनमा विवाह महिला र पुरुषबीच मात्रै हुने उल्लेख गरिएको छ । यस्तै गे अर्थात समलिंगीको सिभिल पार्टनरसिपलाई पनि आधिकारिता दिइएको छैन ।

यस्तै समलिंगी जोडीलाई बच्चा एडप्ट्ड गर्न पनि बन्देज छ । तर एकल व्यक्तिले भने सन्तान एडप्ट्ड गर्न पाउँछन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.