महिला दिवसमा यौनिक तथा लैंगिक अल्पसंख्यकको सहभागिता

महिला दिवसमा यौनिक तथा लैंगिक अल्पसंख्यकको सहभागिता

  • शुक्रबार, फाल्गुन २४ २०७५

काठमाडौं (पहिचान) फागुन २४ – ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार : समृद्धिको आधार’ भन्ने नाराका साथ मनाइएको महिला दिवसमा यौनिक था लैंगिक अल्पसंख्यक समुदायले सहभागिता जनाएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा १०९औँ अन्तर्रा्ष्ट्रिय महिला दिवसका अवसरमा आयोजित र्यालीमा समुदायका सदस्यले सहभागिता जनाएका हुन् ।

र्यालीपछि भएको मूल समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति बिद्यादेवी भण्डारीले गाउँ घरमा विद्यमान महिलाविरुद्धका अन्धविश्वास तथा कुप्रथा अन्त्य गर्न महिला शिक्षामा लगानी वढाउन सरकारसँग आग्रह गरिन । महिला बालबालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले संविधानप्रदत्त महिला अधिकार कार्यान्वयन गर्न मन्त्रालयले आवश्यक ऐन, नीति तथा कार्यक्रम कार्यान्वयन गरिरहेको जानकारी दिइन ।

एलबिटिआईको क्षेत्रमा काम गर्दै आएको मितिनी नेपालकी अध्यक्ष लक्ष्मी घलानले यौनिक तथा लैगिक अल्पसंख्यक समुदायहरुमा पनि महिला पर्ने भएकाले र्यालीमा सहभागी भएको बताइन । आफुहरुले महिलाको मुद्धामा हातेमालो गर्दै आएको र आफ्नो मुद्धाहरुमा पनि साथ सहयोगको आशा राखेको उनको भनाई छ । उनले यौनिक तथा लैगिक अल्पसंख्यक समुदाय जुनसुकै समुदायमा रहने भएकाले यो समुदायलाई हेर्ने दृष्टिकोणामा परिवर्तन आउनु पर्नेे बताइन ।

नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले समुदायका सदस्य र्यालीमा सहभागी भएको जानकारी दिइन । व्यानर विना समुदायका सदस्य र्यालीमा सहभागी भएको ढकालले बताइन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading