जेसिका खड्काको ‘आमा’ बोलको गीत सार्वजनिक

जेसिका खड्काको ‘आमा’ बोलको गीत सार्वजनिक

काठमाडौं (पहिचान) चैत १४ – तेस्रोलिंगी जेसिका खड्काको ‘आमा’ बोलको गीत सार्वजनिक भएको छ । महिला र पुरुष दुवै आवाजमा गीत गाउने फरक पहिचान भएकी कलाकार जेसिकाको सम्पूर्ण आमामा सर्मपित गीत सार्वजनिक भएको हो ।

‘आमा तिम्रो यादले सतायो दिनरात’ बोलको गीत जेसिकाको आफ्नै लय, शब्द र स्वरमा छ । गीतका निर्देशक भिम विष्ट (अछामी रेखा) रहेका छन भने छायांकन अनुप विकले गरेका छन् । गीतको सम्पादन अमित बि.क.ले गरेका छन् भने गीतको मोडलिङ गायिका जेसिका आफैले गरेकी छन् ।

बाँके कोहलपुरकी जेसिकाले सुदुरपश्चिम र मध्यपश्चिममा हुने विभिन्न मेला महोत्सवमा गीत गाउँदै आएकी छन् । मेला महोत्सवको सिजनमा व्यस्त रहने जेसिकाको ‘आमा’ बोलको गीती एल्वम तेस्रो हो । उनले सुरुमा चौधरी भाषाको गीती एल्वममा स्वर दिएकी थिइन । उनको दोस्रो गीती एल्बम लोकदोहरी पनि चर्चामै छ । अब ‘जेसिका जेसिका’ बोलको गीती एल्बम ल्याउने तयारीमा रहेको जेसिकाले बताइन ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय भित्र पर्ने तेस्रोलिंगी कलाकारितामा पनि अब्बल मानिन्छन् । तेस्रोलिंगी कलाकार भनेर चिनिने जेसिका एक्लो भने होइनन् । उनी जस्तै समुदायका व्यक्तिले चलचित्रमा अभिनय, मोडलिङ, मेकअप आर्टिस, गीत लेख्ने, गाउँने गर्दै आएका छन् ।

तेस्रोलिंगी हुँ भनेर समुदायकै वकालतमा गीत गाउँने कलाकार श्याम रानाको ‘माटो काटी टपरी आलीमा’ पछिल्लो गीत हो । उनले २०५८ सालदेखि गीत गाउँदै आएका छन् । उनका एसएलसीमा फेल, चापाँकोटैमा, खोइ त मलाई अधिकार नयाँ नेपालमा बोलका गीत अहिलेपनि चर्चामै छन् ।

रानाले गाएको खोइ त मलाई अधिकार नयाँ नेपालमा बोलको गीत समुदायको वकालत गर्ने चर्चित गीत हो । रानाले अहिले पनि आफू मोडलिङ गर्नेदेखि गीत गाउनमै व्यस्त रहेको बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading