तेस्रोलिंगीको बिषय सबैलाई जानकारी हुनुपर्छ : राजीव जैन (भिडियो)

तेस्रोलिंगीको बिषय सबैलाई जानकारी हुनुपर्छ : राजीव जैन (भिडियो)

काठमाडौं (पहिचान) जेठ २ – एपी वान टेलिभिजनद्धारा सञ्चालित रियालिटी शो को बन्छ करोडपतिका विजेता राजीव जैनले तेस्रोलिंगीबारे जानकारी हुनुपर्ने बताएका छन् । उनले यौनिक तथा लैंगिक अल्पसंख्यकबारे धेरै ज्ञान नभएको बताउँदै पुरुष र महिला दुवैको हार्माेन्सहरु हुनेलाई तेस्रोलिंगी भनेर चिन्ने गरिएको बताए ।

पहिचानसँगको कुराकानीमा करोड विजेता जैनले भने, ‘ठ्याक्कै त्यो बिषयमा धेरै ज्ञान छैन । अलिअलि सुन्दै आएको र पत्रिकाहरुमा पढ्दै आएको कुरा थाहा छ । इन्डेप्थ ज्ञान छैन ।’

उनले समाजमा महिला र पुरुषको आ आफ्नो शारीरिक संरचना हुने बताए । ‘महिला र पुरुषमा आ आफ्ना हार्मोन्सहरु हुन्छन उनले भने, तेस्रोलिंगी भनेका पुरुषका हार्मोन्सहरु पनि भएका र महिलाका पनि हार्मोन्सहरु भएकालाई तेस्रोलिंगी भनिन्छ ।’

युवा व्यवसायी समेत रहेका जैनले संबिधानले दिएको अधिकार आमनागरिकले प्रयोग गर्न पाउनु पर्नेमा जोड दिए । कसैको मौलिक हकमा बाँधा उत्पन्न नहुने गरी जानकारी हुँदा धेरै सजिलो हुने जैनको भनाई छ । यो बिषयमा मान्छेलाई जानकारी हुनु धेरै राम्रो कुरा हो उनले भने, नेपालको नागरिक भैसकेपछि संबिधान अनुसार मौलिक हक पाउनु पर्छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.