सीप सिकौ, स्वरोजगार बनौ भन्ने नाराका साथ कुक तालिम संचालन

सीप सिकौ, स्वरोजगार बनौ भन्ने नाराका साथ कुक तालिम संचालन

सुनसरी (पहिचान) जेठ ९ – सुनसरीको इटहरी उपमहानगरपालिकाले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको विकास तथा सुधारका लागि सीप विकास तालिम संचालन गरेको छ । उपमहानगरपालिकाको आर्थिक सहयोग र मानव कल्याण समाज इटहरीको आयोजनामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिलाई कुक तालिम संचालन भएको हो ।

‘सीप सिकौ स्वरोजगार बनौ’ भन्ने नाराका साथ जेठ १ गतेदेखि सुरु भएको तालिम दुई महिना संचालन हुनेछ । तालिममा १० जना समुदायका व्यक्ति सहभागी भएका मानव कल्याण समाज इटहरीका प्रमूख देवनारायण चौधरीले जानकारी दिए ।

इटहरी उपमहानगरपालिकाले मानव कल्याण समाजले चालु आर्थिक बर्षका लागि चार लाख रुपैयाँ बजेट बिनियोजन गरेको चौधरीले बताए । चार लाख मध्ये २ लाख रुपैयाँ उपमहागरपालिककाका २० वटा वडाका अध्यक्ष, सरोकारवाला, समुदायका सदस्य लगायतलाई तीन दिने अभिमुखिकरण र तथ्यमा आधारित पैरवी कार्यक्रम संचालन गरेको उनले बताए ।

मानव कल्याण समाजले बाँकी रहेको दुई लाख रुपैयाँले १० जनालाई कुक तालिम र ८ जनालाई ड्राइभिङ तालिम संचालन गरेको छ । स्थानीय निकायमा बहस पैरवी गरेर यो बर्ष यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि ४ लाख रुपैयाँ बिनियोजन गराउन सफल भएको चौधरीले बताए ।

‘सीप सिकेर आत्मनिर्भर बन्ने बाटोमा लगाउन उपमहानगरपालिकासँग छलफलको तयारी मानव कल्याण समाजले गरेको छ । तालिमबाट सिकेको सीप प्रयोगमा ल्याउन स्थानीय निकायको सहयोग आबश्यक पर्छ चौधरीले पहिचानसँग भने, यसका लागि छलफलको तयारीमा छौ ।’

उनले सचेतना कार्यक्रम संचालन र सीप मुलक तालिमका लागि बजेट बिनियोजन गरेकोमा इटहरी उपमहानगरपालिकालाई धन्यवाद दिएका छन् । उनले सुनसरी, झापा र मोरङमा रहेका अरु स्थानीय तहसँग पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सचेतना कार्यक्रम संचालन र सीप मुलक तालिमका लागि बजेट बिनियोजन गर्न अनुरोध गरिरहेको बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.