लण्डन मेट्रोमा चुम्बन गरिरहेका समलिंगी महिलाको जोडीमाथि आक्रमण

लण्डन मेट्रोमा चुम्बन गरिरहेका समलिंगी महिलाको जोडीमाथि आक्रमण

काठमाडौं (पहिचान) जेठ २६ – लण्डनको मेट्रोमा यात्रा गरिरहेका समलिंगी महिलाको जोडीमाथि आक्रमण भएको छ । संसारकै विकसित र व्यस्त सहरमध्ये पर्ने बेलायतको लण्डनमै सार्वजनिक बसभित्र समलिंगी जोडीमाथि आक्रमण भएको हो ।

मेलानिया जियोमोनाटले आफू र आफ्नी प्रेमिका क्रिस आक्रमणमा परेपछि रगताम्मे भएको तस्बिर फेसबुक मार्फत सार्वजनिक गरेकी छन ।
उनीहरु डेटिङबाट रात्री बसमा घर फर्कँदै गर्दा पुरुषहरुको समूहले सांघातिक हमला गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । ‘युवाहरुको समूहले हामीलाई किस गर्न र रोमान्स गर्न आग्रह गरे । त्यसपछि यौन आशनबारे व्याख्या गर्दै लेस्बियन (समलिंगी महिला) भनेर हामीलाई दुव्र्यवहार गर्न थाले,’ जियोमोनाटले भनिन् ।

चारजनाको समूहले आक्रमण गरेपछि समलिंगी महिलाको जोडीको अनुहार रगताम्मे थियो । यसपछि उनीहरुले यौनहिंसाको शिकार हुँदैआएको भन्दै फेसबुकमै लेखेका थिए । महानगरीय प्रहरीका अनुसार उनीहरु दुवैलाई अस्पताल लगिएको छ । साथै घटनाको छानविन भइरहेको प्रहरीले जनाएको छ ।

तस्बिर : मेलानियाको फेसबुकबाट

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.