नागरिकता बनाउन किन चिकित्सकको प्रमाणपत्र चाहियो ?

नागरिकता बनाउन किन चिकित्सकको प्रमाणपत्र चाहियो ?

धनुषा (पहिचान) जेठ २६ – जनकपुरका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले आफ्नो पहिचान सुनिश्चित गर्न संविधान संशोधन गर्नु पर्ने माग गरेका छन् । संविधानले नै आफूहरूलाई विभेद गरेको भन्दै उनीहरूले संविधान संशोधनको माग गरेका हुन् ।

नील हिरा समाजले जनकपुरमा गरेको अन्तक्रियामा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले संविधानबाटै विभेदमा परेका कारण समाजले पनि आफूहरूलाई स्वीकार गर्न नसकेको वताए । २०७२ सालमा जारी भएको नेपालको संविधानको धारा १२ मा लैंगिक पहिचान अनुसार नागरिकता दिने व्यवस्था छ ।

संविधानको धारा १८ को समानताको हकमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिलाई विभेद गर्न नहुने लेखिएको छ भने धारा ४२ को सामाजिक न्यायको हकमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई समावेशी सिद्धान्त अनुसार राज्यका हरेक नीति निर्माण तहमा प्रतिनिधित्वको हक हुने भनिएको छ ।

संविधानमा भएको यो व्यवस्था अनुसार कानून बनेको छैन । अहिले जिल्ला प्रशासन कार्यालयबाट यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिले लिंगको महलमा अन्य उल्लेख भएको नागरिकता पाउँदै आएका छन् । तर, संविधानको धारा १२ अनुसार संसोधनको चरणमा रहेको नेपला नागरिक ऐन २०६३ लाई संसोधन गर्न बनेको बिधेयकमा तेस्रोलिंगीलाई पहिचान अनुसारको नागरिकता दिन चिकित्सकको सिफारिस लैजानु पर्ने व्यवस्था गर्न लागिएको छ ।

केन्द्रदेखि जिल्ला तहमा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले यो व्यवस्था विभेदकारी भएको भन्दै बिरोध गर्दै आएका छन् । तेस्रोलिंगी जुनु चौधरीले राज्यको विभेदकारी व्यवस्थाकै कारण आफ्नो समुदायले अहिलेसम्म पहिचानसहितको नागरिकता पाउन नसकेको गुनासो गरिन् ।

आफू तेस्रोलिंगी भए पनि अहिलेसम्म पुरूष लेखिएको नागरिकता बोक्नु परेको चौधरीको गुनासो छ । ‘महिला वा पुरूषलाई नागरिकता बनाउन चिकित्सकको प्रमाणपत्र चाहिँदैन उनले प्रश्न गरिन, हामीलाई नागरिकता बनाउन चिकित्सकको प्रमाणपत्र किन चाहियो ’ ? ।कार्यक्रममा सहभागी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले संविधानको धारा ४२ अनुसार राज्यको हरेक क्षेत्रमा आफूहरुको समानुपातिक सहभागिता हुनुपर्ने माग गरे ।

नील हिरा समाज धनुषाका प्रमुख सत्य नारायण साहले विपरित लिंगीहरुलाई मात्रै स्वीकार गर्ने समाजले अहिलेसम्म आफ्नो समुदायको अस्तित्व स्वीकार गर्न नसक्नु दुःखद रहेको बताए । धनुषामा ३ हजार भन्दा धेरै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्य सम्पर्कमा रहेका नील हिरा समाज धनुषाले जनाएको छ ।

तस्बिर : सेतोपाटी

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading