एलजीबीटीआई प्राइड मन्थ : म समलिंगी हुँ, तपाई मलाई स्वीकार गर्नुहुन्छ ? (भिडियो रिपोर्ट)

एलजीबीटीआई प्राइड मन्थ : म समलिंगी हुँ, तपाई मलाई स्वीकार गर्नुहुन्छ ? (भिडियो रिपोर्ट)

काठमाडौं (पहिचान) असार २  – यो काठमाडौंको बसन्तपुर हो । २०७२ सालको भुकम्पले चर्काएको बसन्तपुर दरवार अहिले पुनर्निमाणको क्रममा छ । वरपर फलामले घेरिएको बसन्तपुरको निषेधित क्षेत्र लेखिएको व्यानर अगाडी यि समलिंगी पुरुष ठिङ उभिएका छन् । अहिले एलजीबीटीआई प्राइड मन्थ चलिरहेको छ । यि पुरुष आफूलाई समलिंगी हुँ भनेर गर्वका साथ अरुलाई बुझाइरहेका छन् ।

विश्वभरका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिले अंग्रेजी जुन महिनालाई गर्व गर्ने महिनाको रुपमा मनाउँदै आएका छन् । नेपालमा व्यानरमा उभिएर सुनसरी इटहरीका २२ बर्षका सुभम चौधरी आफूलाई समलिंगी पुरुष हुँ भनेर चिनाइरहेका छन् । प्लेकार्डमा म समलिंगी हुँ, तपाई मलाई अंगालो हाल्नुहुन्छ ? मात्रै लेखिएपनि उनी समग्र एलजीबीटीआईबारे बताइरहेका छन् ।

अमेरिका,वेलायत सहित विश्वका धेरै देश मध्ये नेपालमा पनि आफूलाई गर्व गर्ने महिनाको रुपमा प्राइड मन्थ मनाउने गरिएको छ । अंग्रेजी जुन महिनाको १५ तारिखको रापिलो गर्मीमा उनी पर्यटकिय स्थल ठमेल र बसन्तपुरमा प्लेकार्ड बोकेर उभिए ।

ठमेलामा म समलिंगी हुँ ‘मलाई हग गर्नुहुन्छ ?’ भन्ने प्लेकार्ड दुईहातले समाएर उभिदाँ खुट्टा कापिरहेको थियो बसन्तपुरमा भेटिएका चौधरीले पहिचानसंग भने, ठमेलबाट बसन्तपुर आउँदा हौसला बढेको छ ।

‘मेरो साथीको साथी मलाई चिन्यौ ? एक पटक भिडियो खिचौ न’ भन्नेदेखि उनीसँग एलजीबीटीआई भनेको के हो भन्ने जोडी समेतले अंगालो हालेर उनलाई हौसला दिए । यही हौसलाकाबीच उनले गर्वका साथ आफू समलिंगी भएको हजारौलाई देखाए ।

फेसन डिजाइन अध्ययन गरिरहेका सुभमले एलजीबीटीआईको सामाजिक स्वीकारका लागि प्लेकार्ड बोकेर उभिएको सुनाए । उनी एक शब्दमा भन्नुपर्दा समानता (इक्वालिटी) चाहन्छन् । भन्छन्, महिला पुरुष सरह हामी अर्को वर्गका लागि पनि समान अधिकार होस ।

नेपालका दोस्रो मिष्टर गे हेन्डसमको उपाधी विजेता मनिन्द्र सिंह दनुवार अरुको स्वीकृती लिनका लागि आफू पनि खुलेर आउनुपने बताउँछन् । उनी भन्छन्, ‘कति दिन लुकेर बस्ने ? हामी पनि सामाजिक प्राणी हौ भनेर अरुलाई पनि हौसला प्रदान गर्न खुलेर आएका छौ ।’

विवाह भनेको योनी र लिंगीको होइन, दुई आत्माको मिलन हो भन्ने प्लेकार्ड बोकेर उभिएका मनिन्द्र समलिंगी विवाहको कानून संसदले पास गर्नुपर्ने माग गर्छन ।

अमेरिकी दुतावासको युवा परिषद् सदस्य युवा विवेक मगरले समाजमा एलजीबीटआईलाई स्वीकार गर्ने वातावरण कस्तो छ भनेर ठमेल र बसन्तपुरमा प्लेकार्ड बोकेर उभिएको बताए । उनले यो गे भिजिबिलिटी समेत भएको बताए ।

सन् १९६९ जुन २८ मा अमेरिकाको न्युयोर्क शहरमा रहेको एउटा गे बारमा भएको घटनापछि हरेक बर्ष जुन महिलालाई एलजीबीटीआई प्राइड मन्थको रुपमा मनाउन थालिएको हो । अमेरिकाबाट सुरु भएको प्राइड मन्थ अहिले बिश्वका धेरै देशहरुमा मनाउने गरिएको छ । यसैक्रममा नेपालमा रहेका एलजीबीटीआईले पनि आफुलाई गर्व गर्ने महिनाको रुपमा प्राइड मन्थ मनाइरहेका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading