मेरा सन्तान समलिंगी भए उनीहरुको साथमा हुन्छ, तर चिन्ता भने लाग्नेछ : राजकुमार विलियम

मेरा सन्तान समलिंगी भए उनीहरुको साथमा हुन्छ, तर चिन्ता भने लाग्नेछ : राजकुमार विलियम

745
SHARES

काठमाडौं (पहिचान) असार १२ – बेलायती राजकुमार विलियमले आफ्ना सन्तान समलिंगी भएको अवस्थामा पूर्ण रुपमा साथ दिने बताएका छन् । तर त्यसका कारण उनीहरुले र आफूले भोग्नु पर्ने सम्भावित अवरोधहरुले भने चिन्तित बनाउने राजकुमार विलियमले बताएका छन् । ‘लण्डन प्राइडअघि राजकुमार विलियमले भने, विशेषगरी हाम्रो परिवार, हामी जुन अवस्थामा छौँ, त्यसले गर्दा भोग्नु पर्ने अवरोधहरुलाई लिएर चाहिँ केही नर्भस छु ।’

सन्तानको जुन सुकै निर्णय या अवस्थालाई आफूले स्वीकार गर्ने भए पनि अभिभावकका रुपमा भने चिन्तित बनाउने उनले बताएका छन् । समलिंगी भएकै कारण उनीहरुले भोग्नु पर्ने असमानता, अवरोध, विभेद वा घृणाजन्य शब्दहरुको सामना सहनु पर्ने अवस्था रहेकाले त्यसले चिन्तामा पार्ने विलियमको भनाई छ ।

अझै समलिंगीसहित समग्र एलजिबिटीआई समुदायले सामान्य रुपममा जीवन चलाउन पाउने अवस्था नरहेको भन्दै उनले यहि कारणले अभिभावकका रुपमा चिन्तामा पार्ने बताए । तर आफूले जस्तो अवस्थामा पनि साथ र सहयोग गर्ने राजकुमार विलियमले बताए ।

बेलायती राजगद्दीको बरियतामा तेस्रो नम्बरमा रहेका राजकुमार विलियमले एलजीबीटीआई समुदायको पक्षमा सार्वजनिक रुपमा यसरी बोल्नुलाई ठूलो सहासका रुपमा लिइएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

समाचार शेयर गर्नुहोस्
745
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.