‘गे फुटबलर’ ले डिलिट गरे ट्वीटर एकाउन्ट

‘गे फुटबलर’ ले डिलिट गरे ट्वीटर एकाउन्ट

काठमाडौं (पहिचान) साउन ९ – बेलायतको फुटबल लिग च्याम्पियनसिपको एक क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएका फुटबलरको भनेर दाबी गरिएको ट्वीटर एकाउन्ट डिलिट भएको छ । प्रिमियर लिग पछिको लिगमा खेल्ने फुटबलरको एकाउन्ट दाबी गरिएको ‘द गे फुटबलर’ नामक ट्वीटर एकाउन्ट डिलिट भएको हो ।

परिवारसँग आफू समलिंगी रहेको खुलेका र सार्वजनिक रुपमा पनि आफ्नो यौनिक झुकाव सार्वजनिक गर्ने तयारीमा रहेको भनिएका फुटबरलको एकाउन्ट उनी आफैले डिलिट गरेको जनाइएको छ ।

जुलाईको सुरुमा खोलिएको एकाउन्टमा झण्डै ५० हजार फलोअर्स थिए । यो एकाउन्टबाट गरिएको पहिलो ट्वीटमा व्यवसायिक फुटबलरको एकाउन्ट रहेको र परिवारसँग हालै आफू खुलेको उल्लेख गरिएको थियो ।

चाँडै नै आफू सार्वजनिक रुपमा खुल्ने तयारी रहेको उल्लेख सो ट्वीटमा थियो । तर सार्वजनिक रुपमा खुल्ने भनेको मिति भन्दा एक दिन पहिले ट्वीटर एकाउन्ट डिलिट भएको हो । डिलिट गर्नुअघि एकाउन्टबाट ट्वीट गरिएको छ, ‘मलाई लाग्थ्यो मेरो आत्मबल बलियो भएको छ । तर म गलत रहेछु ।’

ती खेलाडी सन् १९९० यता सक्रिय रहेकै बेला समलिंगी पहिचान सार्वजनिक गर्ने पहिलो खेलाडी बन्ने थिए, इंग्लिस फुटबलका शीर्ष चार लिग मध्यमा खेल्ने ।

‘@FootballerGay’  रहेका प्रयोगकर्ताको नाम थाहा छैन । उनलाई एलजिबिटीको क्षेत्रमा काम गर्ने प्रमुख संस्था र सञ्चार संस्थाले फलो गरेका बीबीसीले जनाएको छ ।

सो ह्याण्डलबाट सुरुमा आफ्नो पहिचान चाँडै सार्वजनिक गर्ने उल्लेख गरी ट्वीट गरिएको थियो । ट्वीटमा भनिएको थियो, ‘म चाँडै मेरो पहिचान सार्वजनिक गर्ने छु, म गे हुँ र यसमा गर्व गर्छु, आश छ कि मेरो पहिचान सार्वजनिक गर्दा यसले अवधारणा परिवर्तन गर्ने छ भन्ने आश छ । म २३ वर्षमुनिको हुँ र आज परिवारलाई मेरो पहिचान बताएँ ।’

केहीले सो एकाउन्टको वैधताबारे शंका जनाउँदै प्रश्न गरेका थिए । सामाजिक सञ्जालका धेरै प्रयोगकर्ताले सो ह्याण्डलप्रति आफ्नो समर्थन जनाउँदै ट्वीट गरेका थिए । इंग्ल्याण्डका पूर्व स्ट्राइकर ग्यारी लिनिरकले पनि समर्थन जनाएका थिए ।

एकाउन्ट सुरु भएको केही दिनपछि ती फुटबलरले आफ्नो यौनिक झुकाव बारे क्लब जानकार रहेको र सार्वजनिक हुने आफ्नो निर्णयमा साथ दिएको भन्दै ट्वीट गरेका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading