तेस्रोलिंगीका पीडा, ब्यथा र बेदना जेब्राक्रसमा

तेस्रोलिंगीका पीडा, ब्यथा र बेदना जेब्राक्रसमा

…h]a|fqm;Úsf] kl/rrf{ sfo{qmd kf]v/f, @% ;fpg -/f;;_M kf]v/]nL ;flxTosf/x?sf] cleofg …k'5f/l;6] cleofgÚ åf/f cfof]lht pkGof;sf/ ts{gf zdf{sf] pkGof; …h]a|fqm;Úsf] kl/rrf{ sfo{qmddf af]Nb} n]lvsf zdf{ . t:jL/M jf;'b]j kf}8]n

कास्की (पहिचान) साउन २६ – तेस्रोलिंगीका पीडा, ब्यथा र बेदना समेटिएको उपन्यासकार तर्कना शर्माको उपन्यास ‘जेब्राक्रस’को पोखरामा परिचर्चा भएको छ । पोखरेली साहित्यकारको अभियान ‘पुछारसिटे अभियान’द्वारा आयोजित कार्यक्रममा साहित्यकारले जेब्राक्रसमा समेटिएका विविध पक्षलाई खोतल्ने प्रयास गरे ।

साहित्यकार भुवनहरि सिग्देलले उपन्यासले नेपाली समाजले उपेक्षा गरेको वर्ग तेस्रोलिंगीको पीडालाई उठान गरी सो विषयलाई समाजमा स्थापित गराउने काम गरेको बताए । सामाजिक एवं कानूनी दुवै क्षेत्रबाट तेस्रोलिंगीप्रति हुने दुव्र्यवहार र गलत धारणालाई अन्त्य गर्ने कार्यमा सिंगो समाज एक भएर लाग्नुपर्ने कुरा पुस्तकमा मूल विचारका रूपमा प्रस्तुत भएको उनको भनाइ छ । समाजमा तेस्रोलिंगीलाई सुरक्षित अवतरण गर्न माग गर्दै उपन्यासको नामकरण नै ‘जेब्राक्रस’ राखिएको हुनसक्ने संकेत गर्दै उनले गम्भीर विषयलाई सरल शैलीमा प्रस्तुत गरिएको उल्लेख गरे ।

तेस्रोलिंगी एवं समलैंगिकता विषयका अध्येता रमेश पन्तले समलिंगी र तेस्रोलिंगी बन्नु पूर्णतः प्राकृतिक प्रक्रिया भएको र यसलाई अप्राकृतिकरूपमा लिनु आफैँमा त्रुटिपूर्ण रहेको विचार व्यक्त गरे । “आमाको गर्भमा रहँदा नै बच्चाको शारीरिक विकास प्रक्रियामा आउने हार्मोनको गडबडीलाई व्यक्तिको मानसिकतासँग जोडेर हेर्न हुँदैन”, उनले भने, “उपन्यासमा समाजको सोच्ने गलत संस्कारका कारण तेस्रोलिंगीले व्यहोर्नुपर्ने कठिनाइको शल्यक्रिया गरिएको छ ।”

प्राकृतिक रूपमै तेस्रोलिंगी महिला र पुरुषभन्दा फरक रहेकाले उनीहरूको फरक अस्तित्वलाई स्वीकार्ने दिशामा समाज अगाडि बढ्नुपर्ने उनको भनाई छ । तेस्रोलिंगीले महिला तथा पुरुषलाई जीवनसाथीका रूपमा स्वीकारेर अगाडि बढ्दा जीवनमा आउने अप्ठ्यारालाई उपन्यासमा चित्रण गर्न लेखिका सफल भएको पन्तले उल्लेख गरे ।

उपन्यासकार तर्कना शर्माले आफूले समाजमा तेस्रोलिंगीले भोग्नुपरेका पीडाका बारेमा सुन्दै आएको र केही साथीमार्फत यस क्षेत्रका समस्याका बारेमा जानकारी प्राप्त गरेपछि यसमा थप अध्ययन गरेर उपन्यास तयार गरेको बताइन ।

तेस्रोलिंगी बिन्दिया गौतमले समाजमा तेस्रोलिंगीले निकै कठिनाइ भोग्नुपरेको बताइन । साहित्य, कला, नाटक र संगीतका माध्यमबाट यस वर्गका सम्बन्धमा समाजमा रहेका गलत धारणालाई हटाएर सकारात्मक सोचको विकास गर्न निकै टेवा पुग्ने उनको भनाई छ । पछिल्लो समयमा साहित्य र कलाको क्षेत्रले आफूहरूको वर्गप्रति न्याय गरेको बताउँदै गौतमले सबैको सहयोगमा प्राकृतिक विषयका रूपमा यसलाई स्थापित गर्नुपर्ने धारणा राखिन ।

समाजमा यस्तो लेखनका साथै यस प्रकारका कार्यक्रम गरिनु सकारात्मक रहेको र यसले आफूहरूमा आशा जगाएको उल्लेख गर्दै उनले निरन्तरताका लागि साहित्यकार एवं कलाकारलाई आग्रह गरिन ।
रासस

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading