प्रधानमन्त्री र डाक्टरको प्रेमले जोडेको ३५०० माइलको दूरी

प्रधानमन्त्री र डाक्टरको प्रेमले जोडेको ३५०० माइलको दूरी

परिवार शृङ्खला–४

काठमाडौं (पहिचान) साउन २७ – आयरल्याण्डलाई युरोपको सबैभन्दा परम्परागत परिवेश अझै पनि जीवन्त रहेको देशका रुपमा लिइन्छ र यो देश विश्वको सबैभन्दा प्रगतिशील पनि हो । यो अर्थमा कि, विश्वको पहिलो देश हो, जसले जनमतसंग्रह मार्फत समलिंगी विवाहलाई कानूनी रुपमा स्थापित गरेको थियो सन् २०१५ मा ।

सर्वसाधारणको मतका आधारमा समलिंगी विवाहलाई कानूनी आधार प्रदान गरेको देश आयरल्याण्डका बासिन्दाले त्यसको दुई वर्षपछि अर्को ऐतिहासिक उपलब्धी हाँसिल गरे, उनीहरुले युवा प्रधानमन्त्री पाए जो समलिंगी हुन् ।

लियो वाराड्कर सन् २०१७ को जुन १४ देखि देशको सरकार प्रमुख अर्थात प्रधानमन्त्री छन् । ३८ वर्षको हुँदा आयरल्याण्डको प्रधानमन्त्री बनेका उनी कम उमेरका प्रधानमन्त्रीसँगै पहिलो ओपनली गे प्रधानमन्त्री हुन् । उनी फाइन गेल पार्टीका नेता हुन् ।

ट्रिनिटी कलेज डब्लिनबाट मेडिसिनमा डक्टरी गरेका उनले केही वर्ष चिकित्सकको रुपमा काम गरे । त्यसपछि उनी सक्रिय राजनीतिमा प्रवेश गरेका हुन् । प्रधानमन्त्री बन्नुअघि उनले सामाजिक सुरक्षा, स्वास्थ्य र यातयात, पर्यटन तथा खेलकुद मन्त्रीका रुपमा काम गरेका थिए ।

सन् २०१५ मा समलिंगी विवाहलाई कानूनी मान्यता दिने या नदिने भन्ने सम्बन्धमा आयरल्याण्डमा जनमत संग्रह भएको थियो, सोही जनमत संग्रहका अभियानको क्रममा उनले आफू समलिंगी रहेको सार्वजनिक रुपमा खुलाए । उनी त्यसबेला स्वास्थ्य मन्त्री थिए र मन्त्री पदमा रहेका बेला आफू समलिंगी रहेको सार्वजनिक रुपमा बताउने उनी पहिलो व्यक्ति हुन् ।

उनले सन् २०१५ को जनवरी १८ मा आटिइ रेडियोसँगको अन्तर्वार्ताको क्रममा आफू समलिंगी रहेको खुलाएका थिए ।

मुटुका डाक्टरसँग प्रेम

प्रधानमन्त्री लियो एक डाक्टरसँगको प्रेम सम्बन्धमा छन् । उनका प्रेमीको नाम हो डा. म्याथ्यु ब्यारेट, आइरिस डाक्टर हाल अमेरिकाको सिकागोमा कार्यरत छन् ।

म्याथ्यु मुटुरोग विशेषज्ञ हुन् र हाल अमेरिकाको सिकाकोमा कार्यरत छन् । त्यसअघि उनले डब्लिनको सेन्ट विन्सेन्टस हस्पिटलमा मुटुरोग विशेषज्ञका रुपमा काम गरेका थिए ।

कन्सल्ट्यान्ट बन्नका लागि अन्तर्राष्ट्रिय अनुभव खाँचो पर्ने भएकाले हाल उनी अमेरिकामा छन् । तर प्रधानमन्त्री लियो र उनीबिच भेट भइरहन्छ । फेसटाइम मार्फत दुईले नियमित कुरा गर्ने गरेका छन् ।

एकअर्कासँग गहिरो प्रेममा रहेको र यो सम्बन्धलाई लिएर गम्भीर रहेका बताउने गरेका छन् दुवैले । तर उनीहरुले विवाह भने गरेका छैनन् । लियो र म्याथ्युरो बिदाको समय सँगै बिताउँछन् र एकअर्काको परिवारसँग पनि भेट गरिरहन्छन । एकअर्कालाई भेट्न उनीहरुले बेलाबेलामा ३५०० माइलको यात्रा तय गर्ने गरेका छन् ।

गज्जबको कुरा यो पनि छ कि, दुवैको जन्मदिन एकै दिन पर्छ, जनवरी १८ । जन्मदिन साझा रहेका उनीहरुले जीवन पनि एक अर्कासँग साझा गरेका छन् र एकअर्काको साथले आफूहरुलाई थप बलियो बनाएको बताउँछन् ।

लियो र म्याथ्यु दुवै दौड तथा हाइकिंगमा रुची राख्छन् । उनीहरु सन् २०१५ देखि प्रेममा छन् ।

आधुनिक सपनाको सञ्चार गरिरहेको पिट्–चेस्टन गठबन्धन

साँचो स्मृतिले भरिलो बनेको परिवार, जसले सिकाउँछ प्रेमको अर्थ

सिक्दै–सिकाउँदै जीवनका रंगहरु

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading