‘दुई पुरुष कंकालको सम्बन्ध हालका लागि इतिहासकै गर्भमा छ’

‘दुई पुरुष कंकालको सम्बन्ध हालका लागि इतिहासकै गर्भमा छ’

काठमाडौं (पहिचान) भदौ ३० – सँगै गाडिएको अवस्थामा फेला परेका दुई प्राचीन मानव कंकाल पुरुषको रहेको वैज्ञानिकहरुले बताएका छन् । हातमा हात जोडेको अवस्थामा भेटिएको सो मानव कंकाललाई लभर्स अफ मोडनाको रुपमा चिन्ने गरिएको छ ।

प्राचीन रोमको सिरो मेनोट्टी समाधी स्थलमा सन् २००९ मा दुई व्यक्तिको कंकाल भेटिएको थियो र दुईको हात एकअर्काले समातेको अवस्थामा थियो । त्यो बेला उनीहरुको लिंग पहिचान हुन सकेको थिएन, तर अनुमान गरिएको थियो कि यी दुई महिला र पुरुष थिए ।

बोलोग्ना विश्वविद्यालय र मोडना विश्वविद्यालयका अनुसन्धानकर्ताले लामो समय लगाएर ती कंकालको अध्ययन गरेका हुन् । उनीहरुको दाँतको इनामेलमा रहेको प्रोटिनको परीक्षण गर्दा दुवै कंकालमा पुरुषमा मात्रै पाइने पेप्टाइड पाइएको अनुसन्धानकर्ताले बताएका छन् । कंकालको अध्ययन सम्बन्धी प्रतिवेदन नेचर जर्नलमा बुधबार प्रकाशित भएको हो ।

अधबैँसे उमेरका ती पुरुषको सम्बन्धबारे हाल स्पष्ट भएको छैन । उनीहरुको निधन चौथो र छैटौँ शताब्दीको बिचमा भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

बोलोग्ना विश्वविद्यालयका अनुसन्धानकर्ता फेडेरिको लुग्लीले भने, ‘हालसम्म यस्तो प्रकारको थप कंकाल भेटिएको छैन । विगतमा हातमा हात कसेको अवस्थामा पुरिएका धेरै कंकाल भेटिएका थिए र ती सबै महिला र पुरुषका थिए ।’

उनले अघि भने, ‘मोडनाको समाधी स्थलमा फेला परेका दुई पुरुष कंकालको सम्बन्ध के थियो भन्ने हालका लागि इतिहासकै गर्भमा छ ।’

मोडना विश्वविद्यालयका सहप्रध्यापक गिउलिया डी रोकोले भने, ‘यो कुरामा हामी निश्चित छौँ कि उनीहरुलाई नियतबस नै सँगै गाडिएको हो । उनीहरु दाजुभाइ, साथी हुन सक्छन् । र उनीहरु प्रेमी पनि हुन सक्छन् । सबै सम्भावना बराबर छ ।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading