यी समलिंगी फोटोग्राफर, जसले खिच्छिन् विवाहका कलात्मक र लोभलाग्दा तस्बिर

यी समलिंगी फोटोग्राफर, जसले खिच्छिन् विवाहका कलात्मक र लोभलाग्दा तस्बिर

काठमाडौं (पहिचान) असोज १ – मोनिशा अजगावकर, भारतको चर्चित समलैंगिक वेडिङ्ग फोटोग्राफर हुन् । केही मानिसहरु उनलाई भारतको राम्रा ‘वेडिङ्ग फोटोग्राफर’ का रुपमा मूल्यांकन गर्छन् ।

मुम्बईमा हुर्किएकी ३० वर्षिया मोनिशाले स्कुल अफ आर्टसमा अध्ययन गरिरहेका बेला नै आफू समलिंगी भएको महसुस गरेकी थिईन् ।

तर त्यसबेला समाज र परिवारको प्रतिक्रियाका लागि उनी तयार थिईनन् । यसकारण उनले यो कुरालाई गोप्य नै राखिन् ।

उनले आफ्ना नजिकका केही मानिससँग मात्र यो कुरा भनेकी थिईन् । चार वर्ष पहिले मात्र उनी खुलेकी हुन् । उनका परिवारले थाहा पाएलगत्तै उनी एक्लिन प¥यो, परिवारसँग अहिले उनको कुराकानी समेत हुन्न र एक्लै नै बस्दै आएकी छिन् ।

मोनिशा एलजीबीटीक्यू एक्टिभिस्ट पनि हुन् र उनी यो विषयमा खुलेर आफ्ना विचार राख्छिन् ।

हालै उनले सार्वजनीक भइनसकेका, द्धिविधामा रहेका एलजीबीटीक्यू समूदायका मानिसका लागि फोटो शृङ्खला “ब्लोजम” बनाएकी छिन् जो विश्वभरमा निकै रुचाईएको छ ।


उनले भनिन्, “विश्वभरबाट एलजीबीटीक्यू समुदायका मानिसमाथि भइरहेको दुव्र्यवहारको समाचार सुनीरहेकी थिएँ । जून महिनामा मनाईने प्राईड मन्थका क्रममा मलाई यो प्रतियोगिताको आवश्यकता महसुस भयो ।”

भावुक हुँदै मोनिशा अगाडि भन्छिन्, ‘कुनै तेस्रोलिंगीले आत्महत्या गरेको छैन । बरु मानिसहरु उनीहरुलाई घरमै गएर यातना दिएर हत्या गरिरहेका छन् । दर्जन बढी यस्ता घटना मैले पढेपछि म निक्कै विचलित पनि भएँ । त्यसपछि नै मैले आफ्नो कामका माध्यमबाट तेस्रोलिंगीहरुका लागि केही गर्ने अठोट गरेँ र यो फोटो शृङ्खलाका बारेमा सोचेँ । म मानिसहरु आफ्नो बारेमा सुरक्षित महसुस गरुन् आफ्नो शरीरसँग प्रेम गरुन र आफ्नो बारेमा सुमधुर महसुस गरुन् भन्ने चाहन्छु ।”


आफ्नो योजनाका लागि मोनिशाले चर्चित मोडल शुसान्त दिवगिकरलाई चुनिन् किनकी उनी यो कन्सेप्टको भावलाई राम्रोसँग बुझ्थे ।


एक वर्षअघि धारा ३७७ खारेज गर्ने समाचार आएलगत्तै मोनिशा रोईन् ।


उनी भन्छिन्, “अब हामी अपराधी कहलाउने छैनौँ । हामी जे छौं त्यो हुन, स्वतन्त्र छौँ तर विवाह र धर्मपुत्र—प्ुत्री लिने अधिकार छैन । यद्यपि भारतमा यो सब पुरा हुन केही समय लाग्छ ।”


“मलाई खुशी लाग्छ की, एक वर्षको अवधिमै कयौं मानिस खुले । म यस्ता कयौँ महिलालाई चिन्दछु जो समलिंगी भएर पनि विवाह गर्न बाध्य भएका छन् र आफूलाई नै पराई सम्झन्छन् अनि खुल्न डराईरहेका छन्” उनी भन्छिन् ।


मोनिशा कुनैपनि एलजीबीटीक्यू मानिस आफू आर्थिक रुपमा स्वतन्त्र नभएसम्म सार्वजनिक हुन नहुने मान्दछिन् ।


आज जुन प्रकारले एलजीबीटीक्यूलाई समर्थन मिलिरहेको छ, अब उनीहरु सामाजिक रुपमा प्रतिवन्धित रहेनन् जुन केही वर्षअघि मानिन्थ्यो ।

मोनिशा जसरी एलजीबीटीक्यू मानिसहरुलाई भारतमा स्वीकार गरीएको छ त्यसमा अचम्मित छिन् ।


समलिंगी भएकै कारण आफनो वेडिङ फोटोग्राफी करियरमा उनले केही कठिनाई पनि भोग्नुपर्यो, केही क्लाईन्टले उनी समलिंगी भएकै कारण असहज महसुस गर्थे, तर अहिले धेरै मानिससँग उनको भेट हुन्छ र उनीहरु धेरै सहयोग गर्छन् ।


भारतमा हुर्किएकी मोनिशा माया र राम्रो जीवनका लागि अब क्यानडा जान चाहन्छिन् र उनी विवाह गर्न चाहन्छिन् ।


उनी भन्छिन्, “क्यानडामा एलजीबीटीक्यू मानिसहरुका लागि निक्कै राम्रो सुविधाहरु छन् । उनी आफ्नो लागि केटी खोजीरहेकी छिन् जो सँग उनी निष्फिक्रि जीवन विताउन सकुन् ।’’


विवाहको विधिमध्ये सबैभन्दा भावुक क्षण एक पिता आफ्नो छोरीलाई विदाई गरिरहेको पल हुन्छ । मोनिशाले यस पललाई निक्कै राम्रोसँग आफ्नो क्यामेरामा कैद गरेकी छिन् ।


संसारभर विवाहका फरक फरक विधिहरु हुन्छन् । चर्चमा रहेका एक नयाँ जोडी……


होलीको रंगलाई पनि मोनिशाले आफ्नो क्यामेरामा कैद गरेकी छिन् ।

जीवनको एउटा नयाँ सुरुवातका लागि उठेको कदम………

बाबुको साथ…….

(यो सामग्री र तस्विर हामीले बीबीसी हिन्दीबाट लिएका हौं ।)

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading