नेपाली भूमि भारतलाई दाइजो दिएर सत्तामा पुग्नेहरुलाई चुनौती (भिडियो)

नेपाली भूमि भारतलाई दाइजो दिएर सत्तामा पुग्नेहरुलाई चुनौती (भिडियो)

काठमाडौं (पहिचान) मंसिर ८-  देशमा माटोको अभाव छ । भवन निर्माण बढेसँगै माटोको अभाव हुन थालेको हो । पहिला रातो माटोको अभाव थियो, अहिले कालो माटोको अभाव भएको छ । २०७२ सालको भुकम्प पछि खाली ठाउँ सबैमा घर बनिरहेका छन् । सार्वजनिक जग्गामा समेत टहरा निर्माण भइरहेका छन् ।

गाउँलाई शहरमा रुपान्तरण गर्न गाउँकै मान्छे जागरुक भइरहेका छन् । शहर भनेर पहिले चिनिएको काठमाडौं दुर्गन्धित भइरहँदा गाउँलाई शहर देख्नेहरुको बाहुल्यता बाक्लिदो छ । गाउँबाट शहर पसेकाहरु यो समय गाउँ फर्किरहेका छन् ।

शहर पसेर शहरनै घर भन्नेहरु यतिवेला अकुपाई टुडिखेलमा साहित्यक सभा गर्ने भएका छन् । उनीहरु साहित्य मार्फत सरकारलाई खवरदारी गर्छन । १३ औं दक्षिण एसियाली सागमा भारत र पाकिस्तानले प्रतिष्पर्धा गर्ने छैनन् । काश्मिर विवाद दुवैको सीमा हो । सीमा समस्या नेपाल र भारतबीच पनि छ तर, नेपालले प्रतिष्पर्धा गर्दिन भनेन ।

नेपाल बिश्वका सबै देशसँग मित्रवत व्यवहार गर्न चाहन्छ । छिमेकीसँग रिसाएर दुनियाँ हसाउनु बाहेक भारतलाई अर्को विकल्प छिमेकीसँगको सीमा विवाद काश्मिरमा जस्तो नभएर बृटिश इण्डिया हुँदाको नक्सा अनुसार सीमा निर्धारण गर्नुपर्छ ।

आफू खुशी बनाएको नक्साले छिमेकीको सीमा मिचिएला कि भनेर सतर्क रहने छिमेकी चाहिन्छ । बिडम्वना छिमेकी सीमा मिच्दा आफूलाई शक्तीशाली ठान्छ । कमजोर जनतालाई शक्तीशाली मान्छ । जनता के चाहन्छन ?

उनीहरुको तथ्यांक लिन २०७८ साल कुरेर बस्नु ढिलो हुनसक्छ । अहिले आकस्मिक गणना मार्फत नेपाली सीमा कालीनदीको मुहानपारी हो या वारी हो भन्ने निक्र्यौल गरेर जनतालाई छिमेकीसँग विवाद गर्न नपर्ने तथ्यांक आबश्यकता परेको छ । नेपालको सीमा पुर्वमा मेची र पश्चिममा महाकालीसम्म फैलिएको छ । नेपालको सीमा रक्षाका नाममा आन्दोलन भइरहेका छन् । आफ्ना भनाईहरु व्यक्त गरिरहेका छन् ।

आक्रोस पोख्न पाइयो भन्दैमा पहिचान अनुसारको नागरिकता नपाइरहेका व्यक्तिलाई होच्याउने शब्द प्रयोग गर्नु भन्दा उनीहरुलाई पनि साथ लिनु सच्चा नेपालीपन हुनेछ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading