एक औलाले लेखेको उपन्यास ‘चिहान भित्रको देश’ (भिडियो)

एक औलाले लेखेको उपन्यास ‘चिहान भित्रको देश’ (भिडियो)

काठमाडौ (पहिचान) मंसिर १२ – सुन्दा पत्यार नलाग्न सक्छ, तर सत्य त्यहि हो की एकजना अशक्त युवा साहित्यकारले एक औलाले उपन्यास लेखेका छन् । उनी शारिरीक रुपमा अशक्त भएपनि मानसिक रुपमा स्वस्थ रहेछन् भन्ने एक प्रमाण हो उनले प्रकाशन गरेको उपन्यास ”चिहान भित्रको देश″ ।

त्यस्ता शसक्त युवा साहित्यकार हुन् सुदिप सिम्खडा । धादिङ जिल्लाको तत्कालिन दार्खा विसान टोलमा २०५१ साल असोज ७ गते स्व. पिता परशुराम सिम्खडा र माता कमलाको कोखवाट जन्मेका सिम्खडाले शारिरीक रुपमा म अशक्त छु केहि गर्न सक्दिनकी भनेर निराश हुनेहरुका लागि एक औलाले उपन्यास लेखेर उर्जा थप्ने काम गरेका छन् । उपन्यासको कथा बस्तु आफ्नो परिवार र नजिकका साथीभाईहरुबिच घुमेको जस्तो लागे पनि यसका बिषय र उद्देश्यले हाम्रो राजनीतिक सामाजिक आर्थिक अवस्थाको मजाले चित्रण गरेको छ ।

पढेका बिद्यार्थीहरुको बिदेश मोह उपन्यासले झल्काएको छ रोगहरुप्रतिको हाम्रो परम्परागत सोच, असल पारिवारीक सम्बन्ध साथीभाईबिचको सहयोग आदि बिषयमा उपन्यासले पाठकलाई गतिलो शिक्षा दिएको छ । सिम्खडाले शारिरीक रुपमा अशक्त र अस्वस्थ भएपनि प्रथम प्रयासमै गतिलो र मर्मस्पर्शी उपन्यास लेखेर साहित्यमा दरिलो उपस्थिती जनाएका छन् ।

२०५७ सालमा छोरा पढाउन आमाले काठमाडौं ल्याएपछि काठमाडौंको सामाखुशीमा रहेको नेपाल मातृ गृहवाट पाँच कक्षा पास गरे र मातृ गृहकै छात्रबृद्धिमा निम्बल बोडिङवाट ८९ प्रतिशत ल्याएर एसएलसी पास गरे । गोल्डेन गेट कलेजले १२ कक्षासम्म स्कलरसिपमा पढायो, उनले बिआईएम पढ्न शकंरदेव क्याम्पसमा नाम निकाले, उनी आफै हिड्न सक्दैनन् हिड्नका लागि ह्युईलचियर प्रयोग गर्नुपर्ने भएकाले गंगबुवाट क्याम्पस आउजाउ गर्न अप्ठारो हुने भएपछि तत्कालिन प्रमुख डिन देवराज अधिकारी कै सल्लाहामा गंगबुमै रहेको एसियन कलेजमा पढ्न पाए, परिक्षा भने शंकरदेवकै बिद्याथीसगँ दिए ।

सरकारी कलेजमा अपाङ्गता कोटा हुने भनिएपनि उनले छात्रबृद्धि अझैसम्म पाएका छैनन् । एसियन कलेजले पढाएको भने पैसा नलिएको सिम्खडाले बताएका छन् । उनका बुवा परशुराम २०७३ साल बैशाख ४ गते हृदयघातका कारण संसार छोडेर गए । बैशाख ७ गतेदेखि उनको परिक्षा थियो, उनी बाबाको क्रिया बसेरै भएपनि परिक्षा दिएर राम्रो अंक ल्याएर पास गरे । उनको बुबा गाउँकै एक स्कुलमा पढाँउथे । बुबाको निधनपछि घरमा आम्दानी गर्ने कोहि भएन ।

आर्थिक अबस्था झन् नाजुक हुदै गयो, कक्षा १२ को परिक्षा दिएर बसेका बेला उनले कम्युटरमा एक औलाले टाईप गरि उपन्यास लेखेका रहेछन् प्रकाशनका लागि धैर जनालाई भनेछन् बिभिन्न ब्यक्ति संघ संस्था र आमाको सानोतिनो कमाईले २०७५ सालमा पुस्तक प्रकाशन गरि छाडे र नेपाली साहित्यको बजारमा एक नयाँ उपन्यास जन्मियो ‘चिहान भित्रको देश’ ।

शारिरीक रुपमा आफै अशक्त त्यसमाथि आम्दानी गर्ने बाबाको असामयिक निधन उनको जिन्दगीमा ठुलो बज्रपात परिरहेको छ तर पनि उनी हिम्मत नहारी साहित्य लेखनमा निरन्तर लागिरहेका छन् साथ र सहयोग मिल्यो भने अन्य कृतिहरुपनि प्रकाशन गर्ने उनको योजना रहेको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading