नन–बायनरीलाई सम्बोधन गर्न अंग्रेजी शब्द ‘दे’

नन–बायनरीलाई सम्बोधन गर्न अंग्रेजी शब्द ‘दे’

काठमाडौं (पहिचान) मंसिर २९ – शब्दकोष तथा सन्दर्भ पुस्कतहरु प्रकाशन गर्दै आएको अमेरिक संस्था मेरिएम–वेबस्टरले ‘दे’ लाई वर्ष शब्दको रुपमा घोषणा गरेको छ ।

अमेरिकी शब्दकोषले हालै ‘दे’ को नयाँ परिभाषा पनि समावेश गरेको छ, जसमा नन–बायनरी (लैंगिक पहिचानको एक स्पेक्ट्रम, जसमा व्यक्तिहरुको लैंगिक पहिचान आम रुपमा सोचिएको भन्दा भिन्न या कौतुलह अवस्थामा हुन्छ) व्यक्तिलाई जनाउ गर्ने उल्लेख गरिएको छ । सामान्य रुपमा ‘दे’ ले बहुवचनलाई जनाउँछ । तर मेरिएम वेब्स्टरले नन–बायनरी पहिचानका एक व्यक्तिलाई पनि जनाउने गरी ‘दे’ को परिभाषा थप गरेको छ ।

आफ्नो वेबसाइटमा यो वर्ष ‘दे’ को खोजी अघिल्लो वर्ष (२०१८) मा भन्दा ३१३ प्रतिशतले बढेको मेरिएम वेब्स्टरले उल्लेख गरेको छ ।
बेलायती संगीतकर्मी साम स्मिथले गएको मार्चमा आफू नन–बायनरी रहेको खुलाएका थिए । उनले सेप्टेम्बरमा इन्स्टाग्राम मार्फत नन–बायनरीलाई ‘दे वा देम’ भनि सम्बोधन गर्नु पर्ने उल्लेख गरेका थिए ।

त्यो बेला सामले लेखेका थिए, ‘मलाई थाहा छ यो प्रक्रियामा धेरै गल्तीहरु हुने छन् र मिसजेन्डरिङ्ग पनि, तर मेरो आग्रह यति हो कि कृपया प्रयास गर्नु होला । आशा छ तपाईँहरुले मलाई त्यही रुपमा देख्न सक्नु हुनेछ जुन रुपमा मैले आफूलाई देख्छु ।’

मेरिएम–वेब्स्टरका एडिटर एट लार्ज पिटर सोकोलोव्स्कीले समाचार संस्था एपीसँग भनेका छन् कि नन–बायनरी मोडल ओस्लो ग्रासीले आफ्नो बारेमा बताएपछि ‘दे’ खोजी अत्याधिक मात्रामा बढेको हो । विगत ६०० वर्ष देखि ‘दे’ प्रयोग जुन प्रयोजनका लागि हुँदै आएको थियो त्यसमा अब नन–बायनरीको परिभाषा पनि समेटिएको हो ।

यसअघि सन् २०१८ मा मेरिएम–वेब्स्टरले ‘जस्टिस’ लाई वर्ष शब्दका रुपमा घोषणा गरेको थियो । सन् २०१७ मा फेमिनिजम, २०१६ मा सरियल २०१५ मा इज्म र २०१४ मा कल्चर वर्ष शब्दका रुपमा घोषित भएका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading